
तिलोत्तमा । चैत्र २ गते । जिबि मार्ट तिलोत्तमा ७ भलवारीले गौतम बुद्ध किराना स्टोर सन्चालनमा ल्याएको छ । तिलोत्तमा क्षेत्रमा लुम्बिनी विशिष्टिकृत सहकारी संघ लि। लुस्कुन ले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थको विक्रीवितरण गर्ने गरि स्टोर सन्चालनमा ल्याइएको अध्यक्ष सुष्मा हमाल पुनले जानकारी दिनुभयो । भलवारीस्थित जिबि मार्टको तल्लो तलामा शनिबार एक कार्यक्रमका बीच डेरीज्न्य उत्पादन बिक्री वितरण गर्ने गरि गौतम बुद्ध किराना स्टोरको उद्धघाटन गरिएको छ । स्टोरको उद्धघाटन गर्दै लुस्कुनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ज्ञानु पौडेलले तिलोत्तमाबाट समेत आधिकारिक डिलरको रुपमा लुस्कुनका उत्पादन बिक्री वितरण हुनु गौरवको विषय भएको बताउनुभयो । वहाँले लुम्बिनी प्रदेशका १४५ वटा सहकारीहरुको लगानी रहेको लुस्कनका उत्पादनले सोचे भन्दा राम्रो बजार लिदै गएको भन्दै खुशीयाली ब्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिका वडा न ६ पश्चिम पहुनीमा रहेको दुधजन्य प्रशोधन केन्द्र ९उद्योग० ले निकट भविष्य मै पाउडर प्लान्ट र युएचडी अर्थात लामो समयसम्म दुधलाई स्टोर गरेर राख्न मिल्ने प्रविधीमा जाने गरि योजनाबद्ध ढंगले काम गरिरहेको जानकारी पनि दिनुभयो । कार्यक्रमको उद्धेश्यमाथि बोल्दै जिबि मार्टका सल्लाहकार एवँ समाजिक ब्यक्तित्व देवानन्द पाण्डेले लुस्कुनद्धारा उत्पादित डेरीजन्य उत्पादन विक्री वितरण गर्ने गरि गौतम बुद्ध किराना स्टोर सन्चालनमा ल्याइनु सुखद विषय भएको बताउनुभयो । वहाँले जिबि मार्टको सफलतासँगै ब्यापारमा विविधता ल्याउने उद्धेश्यले शुरु गरिएको नयाँ कर्मले सबैमा हौशला थपेको बताउनुभयो ।
सबैको साकोशका सल्लाहकार राजेन्द्र सुवेदीले सस्तो र नाफामुखि बन्न सीमापारीबाट दुध र दुधजन्य पदार्थ खरीद गरि नेपाल भित्राउने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । लुस्कुनद्धारा उत्पादित डेरीजन्य चिजविजहरु अत्यन्तै स्वस्थवर्धक रहेको भन्दै लुस्कुनका फ्याक्ट्री म्यानेजर मिना कुमारी चिदीले गौतम बुद्ध किराना स्टोरसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । जिबि मार्टका लेखा समिति सदस्य सीता पौडेल ज्ञवालीको स्वागत तथा सन्चालक समिति सदस्य विष्णु पाण्डेको सन्चालन रहेको कार्यक्रममा लेखा समिति सँयोजक माधव प्रसाद पाण्डे, सदस्य केशव उपाध्याय, विवेक पाण्डे तथा विशन शाही लगायतको सहभागिता रहेको थियो । शनिबार उद्धघाटन गरिएको गौतम बुद्ध किराना स्टोरले शुद्ध दुध, दही, महि, पनिर, नौनी, घ्यु, बटर, आईसक्रिम लगायत सम्पुर्ण दुधजन्य उत्पादनसागै किरानाका सामानहरुको समेत बिक्री वितरण शुरु गरेको हो ।