ताजा अपडेट

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विद्यार्थीलाई चुनावी चटारो 

लुम्बिनी दर्पण २०८१ चैत्र ४, सोमबार १४:४६
[sharethis-inline-buttons]

मोहन बेल्वासे

राजनीतिक दलहरूबीच मिनी जनमत संकलनको आधार मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै विद्यार्थीहरूलाई चुनाव लागेको छ । चैत्र ५ गते अर्थात भोली निर्वाचन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संगठनलाई चुनावी चटारोले छोएको हो ।

यसपटक त्रिविले २८ वर्षसम्मका विद्यार्थी मात्र उम्मेदवार बन्न पाउने र वाल पेन्टिङ लगायतका भड्किलो प्रचार प्रसारलाई रोक लगाएको छ । कडा आचारसंहिता ल्याएर निर्वाचन कार्यतालिका समेत अघि सारिसकेको छ ।
स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवैं ढंगको मिश्रित प्रणालीमा निर्वाचन हुँदै छ । यो समाचार तयार पर्दा सम्म उमेद्वार चयन सकेर विद्यार्थी संगठनभित्र आन्तरिक तयारीहरू भइरहेको बताइन्छ ।

आगामी चैत ५ गतेका लागि निर्धारण गरिएको चुनावमा भाग लिन चाहने विद्यार्थी संगठनले क्याम्पसहरुमा संगठन दर्ता गरि उम्मेदवारी दर्ता सकेर विधार्थीका घरदैलोमा छन् । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको थियो । स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

आचारसंहिता अनुसार विद्यार्थी संगठनले फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । त्रिविले माघ २२ गते नै स्ववियू निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको थियो । स्ववियूको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

 

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
त्रिविमा २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई–दुई वर्षमा गराउन थालियो । २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको थियो । २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।
२०६५ सालयता भने यो चुनाव नियमित हुनसकेको थिएन् । २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियू चुनाव भएको थियो । २०७९ देखि यता चैत्र ५ गते नै चुनाव हुदैछ ।

कपिलवस्तुमा ७ क्याम्पसमा निर्वाचन, बुद्धभुमीमा अन्यौल अन्यमा समिकरण फरक

आसन्न निर्वाचनमा कपिलवस्तुका ७ वटा क्याम्पसमा निर्वाचन हुने भएको जनाईएको छ । बुद्धभुमीको चौवन्नमा रहेको बुद्धभुमी क्याम्पसमा चुनाव अनिश्चित देखिएको छ । त्यहाँ सर्वसम्मत नेतृत्व चयनका लागि यस अगाडी अनेरास्ववियुलाई सभापती र सह सचिव अखिल क्रान्तिकारीलाई कोषाध्यक्ष र ने.वि.संघ लाई सचिव सहित बहुमत सदस्य दिनेगरि भएको सहमती कार्यान्वय नहुने ने.वि.संघ ले जनाएपछी चुनावमा जाने स्थिति देखा परेको र हालसंम्म निर्वाचन समितिले मतदाता नामावली प्रकाशन लगाएत निर्वाचनका काम अगाडी नबढाएका कारण चुनाव अन्यौल देखिएको ने.वि.संघ का नेताहरु बताउछन् ।
जिल्लाको सवैभन्दा ठुलो बाणगंगामा रहेको सिद्धार्थ क्याम्पस , बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा बाम गठबन्धन विच तालमेल गरि चुनावमा होमिएका छन् । भने नेविसंघ एकल प्यानल रहेको छ । सिद्धार्थ क्याम्पसमा १ हजार ५३ मतदाता छन् भने लौगाईमा २ सय ८० मतदाता विधार्थी रहेको क्याम्पस प्रशासनले बताएको छ । कपिलवस्तुको शिवराजमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसमा ने.वि.संघ र एकिकृत समाजबादीको तालमेल , माओवादी निकट अखिल क्रान्तिकारी र विप्लव निकट क्रान्तिकारी विधार्थी विचको अर्को तालमेल र अनेरास्ववियु एक्लै चुनावी मैदानमा छन् । त्यहाँ कुल ५ यस ३६ मतदाता रहेका छन् । त्यसैगरि समयथान क्याम्पसमा राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौ, नेविसंघ र विधार्थी मन्चको गठबन्धन अनेरास्ववियु संग भिडदै छ । समयथान बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा भाग लिने ३ सय ३० विधार्थी छन् । राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र विधार्थी मन्च विच दुवै क्याम्पसमा गठबन्धन भएको जनाईएको छ । यसैविच कपिलवस्तु बहुमुखी क्याम्पसमा तौलिहवामा ९ सय ४६ विद्यार्थी मतदाता रहेका छन् । यहाँ संयुक्त लोकतान्त्रिक विद्यार्थी समुहबाट ने.वि.संघ , समाजबादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारी विच तालमेल भएको हो । अनेरास्ववियु र ज.स.पा निकट समाजबादी विद्यार्थी संगठन विच तालमेल गरि उमेद्वारी दिएका छन् ।
अधिकांश क्याम्पसमा सत्तारुढ विधार्थी संगठन विच नै मुख्य प्रतिस्पर्धा
कपिलवस्तुका सिद्धार्थ क्याम्पसमा , बाणगंगा बहुमुखी क्याम्पस लौगाई , गौतमबुद्ध बहुमुखी क्याम्पस, र कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा, फलारीबाबा क्याम्पसमा अनेरास्ववियु भर्सेस ने.वि.संघ विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस अगाडी कहाँ कसको नेतृत्व
कपिलवस्तुको सिद्धार्थ क्याम्पस : ने.वि संघ
नेपाल आदर्श बहुमुखी क्याम्पस : अनेरास्ववियु
समयथान बहुमुखी क्याम्पस : ने.वि.संघ
बाणगंगा बहुमुखी क्याम्पस लौगाई : चुनाव हुन नसकेको ।
कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा : अनेरास्ववियु
गौतमबुद्ध क्याम्पस : ने.वि.संघ
फलारीबावा क्याम्पस महाराजगंन्ज : अनेरास्ववियु


प्रकाशित : २०८१ चैत्र ४, सोमबार १४:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

भर्खरै

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech