
गृह मन्त्रालयले सात जना प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिव र एक जना उपसचिवको सरुवा गरेको छ। साथै, एक जना सहसचिवको पदस्थापना गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट बुधबार उनीहरुको सरुवा र पदस्थापना गरिएको हो।
सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको सीडिओ बनाइएको छ भने त्यहाँ रहेका विश्वराज अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै भविश्वर पाण्डेलाई नवलपरासी पूर्वको जिल्लाको कमाण्डको दिइएको छ। नवलपरासी पूर्वका सीडिओ अरुण पोखरेललाई त्यहाँबाट गृहमन्त्रालय ल्याइएको छ।