लुदस, जीतपुर
कृष्णनगर भन्सार कर्मचारीले छाडेर काठमाण्डौ जादै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक आज दिउसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
नेपालगंजमा एक्सरे सहितको नाका स्तरउन्नती भएपछी नेपालगंज र सुनौली नाका हुदै प्रवेश गर्ने गाडीहरुको ध्यान कृष्णनगर मोडिएको हो ।
खासँगरि काठमाण्डौका व्यापारीलाई राजश्व छलि गर्ने अखडाको थलो कृष्णनगर सहजहुने बताउदै आएका छन् । उक्त गाडी महिनौ अघिदेखि वढनीका विमलले ईन्डियन एक्सोट ईन्वेयज नक्कली विल बनाएर भन्सार छल्दै आएको विश्वस्त श्रोत बताउछ ।
भन्सार एजेन्ट निरन्जनलाल श्रीवास्तवलाई विमलले आर्थिक प्रलोभनमा पारि कम विजक बनाएर कृष्णनगर भन्सार कर्मचारी सहितको मिलेमत्तोमा महिनौदेखि भन्सार छलि गर्दै आएको थियो । उक्त श्रोतलाई पछ्याउदै पत्रकारहरु सहितको टोलीले उक्त गाडी उपर अनुसन्धान गर्न प्रहरीलाई खबर गरेको थियो ।
खबर पश्चात चनाखो बनेको प्रहरीले उक्त गाडीलाई छानविनको दायरामा ल्याएको हो । यसरी उक्त नाकाबाट भत्रिने अंगुरमा कम विजक बनाईएका छन् । भारतको नासिकमै ७५ रुपैया भारतिय मुल्य नेपाली मुल्य १२० रुपैया पर्ने अंगुर कृष्णनगर भन्सारका कर्मचारीहरुको मिलेमत्तोमा ५० रुपैया भारुमा भन्सार गर्दै आएको छ ।यसबाट ठुलो राजश्व चुहावट हुदै आएको छ । अझ कालो अंगुरको मुल्य दोब्बर छ । त्यसलाई पनी अंगुर मात्र उल्लेख गरेर सोहि मुल्यमै भित्राईएको हो । कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा २ क्वीन्टल बढी अंगुर भेटिएको थियो । भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरुले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिव ३ क्वीन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौं” उनले भने । “हामीले जाँच गर्दा १० किलोका १२ क्यारेट र २० किलोका ८ क्यारेट अंगुर प्रज्ञापन पत्रभन्दा बढि पायौँ” अधिकारीले भने ।
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृत स्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कनिष्ठ कर्मचारीले बताए । भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापनपत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दरले भन्सार लिइएको छ । भन्सार एजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराएको श्रोतको आरोप छ । भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाण्डौ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्विन्टल अधिक अंगुरको राजस्व छली गरिएको हो । गणपति फ्रुट सप्लायर्सका एजेन्ट विमलले भन्सार एजेन्टमार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफूल तथा तरकारीहरुमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दावी छ ।
भन्सार जाँचपास गरिएको उक्त गाडीमा कालो र सेतो दुईथरी अंगुर रहे पनि भन्सार कर्मचारी ज्ञवालीले एउटै वस्तु (अंगुर) मात्रै भनेर भन्सार गर्न सिफारिश गरेका छन् । जबकि भारत र नेपाल दुबै देशमा कालो अंगुर सेतोभन्दा करिब दोब्बर महंगो पर्ने गर्दछ । यसमा पनि मिलेमतो रहेको भन्सार कर्मचारी श्रोतको दावी छ । कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेशिन सन्चालन नगरी भारतीय बिलको भरमा कर्मचारीहरुले दिनहुँ यस्ता राजस्व छली गर्ने गरी भन्सार प्रज्ञापन पत्र जारी गरिरहेको बताइन्छ ।
कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भइरहेको यो पहिलो घटना भने होइन ।
भन्सार कार्यालयमै रहेको तौल मेसिन मर्मतसमेत नगराउने र ओभरलोड गाडीलाई कम तौल देखाएर पठाउने गरिएको स्थानीय व्यापारीहरूको भनाइ छ ।
सोही कारण तिन महिना अघि डिजेल जेनेटर लोड भएको भारतीय नम्बर प्लेट एनएल ०१ एएच ५१८९ गाडीका कारण दुम्कीबासमा रहेको पुल नै भासिएको थियो । सोे घटना बाहिरिएपछि कृष्णनगर भन्सार नाकाबाट कम तौल देखाएर ओभरलोड गाडीहरू पास भएको देखिएको हो । उक्त गाडी कृष्णनगर भन्सारबाट जाँचपास भई गएको र ओेभरलोडले गर्दा पुल भासिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाको भनाइ छ ।
७२ चक्के र सय टनभन्दा बढी भार भएकाले गाडीका कारण पुल भासिएको थियो । ४ माघमा पनि भन्सार पास भई कृष्णनगरबाट सिद्रा माछा बाकेर चन्द्रौटातर्फ जाँदै गरेको ५३ एफटी ६८६९ नम्बर मिनिट्रकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले चेकजाँच गर्दा वास्तविकभन्दा कम तौल देखाइएको पुष्टि भएको छ । भर्पाईमा दुई हजार ६ सय २६ किलो देखाए पनि तौल गर्दा भने दुई हजार आठ सय ३० किलो भेटिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । भर्पाईभन्दा २५ किलो माछा बढी देखिएको उनले बताए ।
गाडीका चालक भारत गोरखपुरका शिवशंकर राय र व्यवसायी कपिलवस्तु शिवराज नगरपालिकाका दुर्गाप्रसाद यादवलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको थियो ।
भन्सार कार्यालय सूचना अधिकारी भने भन्सारमा सय टनसम्म तौल गर्ने मात्र धर्मकाँटा भए पनि व्यापारीहरूले देखाउने बिलकै आधारमा भन्सार गर्ने गरेको बताए ।
सामान्यभन्दा बढी नै फरक देखिने गरी मालसामान भएको शंका लागेमा मात्र तौल गर्ने गरिएको उनको भनाइ छ । ‘हामीले व्यापारीहरूले देखाएको बिलकै आधारमा भन्सार गर्दै आएका छौँ,’ उनले भने, ‘यसमा हाम्रो अरू कुनै संलग्नता छैन ।’ भन्सार प्रमुख फणीन्द्र खतिवडाले सडकको क्षमता र ओभरलोडभन्दा आफूहरूले भन्सार सामानको भन्सारको मूल्यांकन गरेर पास गर्ने गरेको बताएका छन् । सडकको भारको विषय आफूहरूको नभएको उनको भनाइ छ ।
महिनाअघि मात्रै यही भन्सारले जाँचपास गरी प्रज्ञापन पत्र दिएर पठाएका २ बक्सा सिद्रा माछा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो । कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरुले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाँटा (तौल मेशिन) २ बर्ष देखि बन्द गरेर सेटिङ्गमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रकमा वस्तुहरु आयात हुँदै आएको छ ।



















