
लुदस, जीतपुर
राष्ट्रिय जनमोर्चा कपिलवस्तु र नेकपा मसालले राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष कमरेड डबलसिंह जि.सि को धर्मपत्नी ने.क.पा मसालको क्रियाशिल सदस्य कमरेड भिमाको निधनप्रति दु.ख व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ ।
यहि चैत्र ३ गते ६७ वर्षको उमेरमा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । जि.सी निवास मधुवन पुगेका पार्टी कार्यक्रता शुभेच्छुकहरु उहाँको निधनले भावुक बनेका थिए ।
कार्यक्रममा शोक वक्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री , राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार दधिराम आचार्य, जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासे ने.क.पा मसालका प्रवक्ता माधव भाटक्षेत्री लगाएतले यशोधा जि.सि अर्थात कमरेड भिमाको देशको बदलिदो राजनैतिक आन्दोलनमा अतुलनिय योगदान रहेको र सबैको मार्गदर्शक एक प्रेरणादायी आमा गुमाउनु परेको भन्दै उहाँले देखाएको बाटो मा पार्टी कार्यक्रताहरु तथा सवैलाई लाग्न अनुरोध गर्नुभएको थियो ।
कमरेड भिमा कम्युनिष्ट आन्दोलनको धरोहर रहेको भन्दै , कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन सेल्टरदाता रहि अहम भुमिका निर्वाह गरेको स्मरण गर्दै उहाँको निधनले पार्टी र समाजलाई अतुलनिय क्षती पुगेको बताउनुभएको थियो ।