
प्रकाश गौतम
जनहित स्वलम्बन बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा ११ कालिकास्थानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुख्य नाराका सहित ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।कार्यक्रमा बोल्दै जनहित स्वलम्बन बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष भास्कर गौतमले संस्थाले सामाजिक कार्य अन्तरगत सहकारी दिवसको अवसर पारेर सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाले रक्तदान कार्यक्रम आयोजना गरिरहनु अरुका लागी समेत सन्देश भएको बताउदै सहकारीले पनी सामाजिक उत्तरदायीत्वको बाम गर्न सक्ने स्पस्ट पार्नु भयो ।रक्तदान कार्यक्रममा सहकारीका ब्यबस्थापक नारायण दत्त गैरेले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो ।रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।