
लुदस,बनगाई
साना किसान कृषि सहकारी संस्था मोतिपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । अध्यक्षमा उदयमान कुँवर निर्वाचित हुनुभएको हो । जसको उपाध्यक्षमा दिपेन्द्र विक्रम पौडेल, सदस्यमा प्रदिप क्षेत्री, कमला वि.क, राजु अधिकारी, बाबुराम भण्डारी, ज्ञानहरी घिमिरे, पवित्रा बेल्वासे, सिता भट्टराई आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको हो । संस्थाको २५ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट यस अगाडी टोल टोलबाट प्रत्यक्ष निर्वाचित भई आएको समितिबाट आज पदाधिकारी चयन गरिएको हो ।
नव निर्वाचित पदाधिकारीहरुलाई आज संस्थाका निवर्तमान अध्यक्ष भिम प्रसाद सापकोटा, प्रबन्धक शालिकराम पौडेल र निर्वाचन समितिका खेतुलाल गिरीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त समितिको आजै पहिलो बैठक समेत संम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । जसमा १४ प्रतिशत व्याजदरबाट घटाएर १२ प्रतिशतमा कायम गर्ने निर्णय गरेको हो । त्यसैगरि संस्थाको निर्माणधीन विउ प्रशोधन केन्द्र धनेशपुरको भवन निर्माणका लागि प्रधानमन्त्री आधुनिकिकरण धान सुपरजोन कपिलवस्तुबाट विनियोजित २९ लाख ७७ हजार ९ सय ४० रुपैया यथासिग्र सम्झौता गरि भवन निर्माणलाई अगाडी बढाउने निर्णय गरेको छ ।