
कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा आगलागीबाट पक्की ८ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । कम्बाइनले एक्कासि खेतमा आगलागी हुँदा १५ जना किसानको पक्की ८ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ । करिब २०० क्युन्टल बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार ठुलो सिसहानिया गाउँको खेतमा गहुँ कट्ने क्रममा आगो लागेपछि सोही आगो १५ जना किसानको गहुँबालीमा सल्किएको थियो । आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी लबनीको टोली आगलागी स्थलमा खटिएको छन् । प्रहरी, दमकल र स्थानीयहरूको सर–सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।