ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भैरहवाबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको उडान फेरि ठप्प, समरलाई लिएनन् अनुमति

लुम्बिनी दर्पण २०८१ चैत्र १९, मंगलवार १४:२६
[sharethis-inline-buttons]
Image XYZ

रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) मा गएको कात्तिकदेखि ५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान भएपछि लुम्बिनी क्षेत्रमा उल्लास छाएको थियो । दोहाबाट कतार एयरवेज, थाइल्यान्डबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा स्वदेशकै नेपाल एयरलाइन्सले भैरहवाबाट उडान सुचारु गरेपछि ‘जीबीआईए’ काठमाडौंको विकल्प बन्ने आशाले लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी उत्साहित थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौतीपछि भैरहवामा तातेको एयरपोर्ट फेरि सेलाउने अवस्थामा आइपुगेको छ ।
३ वर्षअघिदेखि सञ्चालनमा आएको एयरपोर्टबाट उडान दीर्घकालीन बन्ने आशा गरिए पनि त्यसविपरीत उडान शून्य बन्ने अवस्था देखिएको छ ।
गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको विकल्प छैन भन्ने आवाज आइरहेका बेला उडान भरिरहेका एयरलाइन्सले पनि १ अप्रिलदेखि अक्टोबरसम्म ‘समर शेडयुल’मा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएपछि निजी क्षेत्र चिन्तित बनेको हो ।
भैरहवा आउने सबै विदेशी वायुसेवा कम्पनीले आइतबारदेखि उडान स्थगन गरेको प्राधिकरणले जनाएको छ । गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडान निरन्तरताको पहल जरुरी रहेको बताए ।
‘हामीलाई गलत भाष्य सिर्जना गर्नु छैन,’ तिवारी भन्छन्, ‘विमानस्थल सञ्चालनलाई निरन्तरता दिँदै यसको दिगो सञ्चालनमा केन्द्रित हुनुछ । यसका लागि एयरलाइन्स कम्पनीको ‘समर शेड्युल’लाई निरन्तरता दिँदै विस्तारै उडानले निरन्तरता पाइरहने अवस्था विश्वसनीय बनाउन सबै निकायको ध्यान पुग्ने आशा छ ।’
अन्तिम उडानमा शनिबार जजिरा एयरवेज १५६ जना यात्रु लिएर भैरहवा आएको थियो भने १६६ जना भैरहवाबाट कुवेत प्रस्थान गरेका थिए ।
जजिरा एयरवेजका लागि यात्रुहरूको यो संख्या राम्रो हो । फ्लाई दुबईको जहाजबाट आएका ४२ जना भैरहवा झरेका थिए भने ३७ जना भैरहवाबाट दुबई प्रस्थान गरेका थिए । जहाजमा १०७ जना काठमाडौंका यात्रु थिए ।
गत कात्तिकदेखि जजिरा एयरवेजले भैरहवामा पुनः नियमित उडान थालेको थियो । फलाई दुबई, थाई एयर एसिया र कतार एयरवेजले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान शुरू गरेका थिए । कतारको उडान पुसबाट रोकिएको थियो ।
थाई एयर एसियाले यही चैत ११ गते सोमबारसम्म उडान रोकेको थियो । सातामा ३ पटक कुवेत–भैरहवा–कुवेत उडान गर्ने जजिरा र दुबई–भैरहवा–काठमाडौं दैनिक उडान गरेको फ्लाई दुबईले शनिवार यो ‘विन्टर सिजन’कै अन्तिम उडान गरेका थिए ।
शुरूआतमा केही महिना उडान गरेको जजिरा एयरवेजले उडानलाई निरन्तरता दिएको थिएन । रुपन्देहीका उद्योगी व्यवसायीले अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन गरेका थिए । उनीहरू अन्तर्राष्ट्रिय उडानको माग गर्दै काठमाडौंसम्म पुगेका थिए । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न सहुलियत घोषणा पनि गर्दै आएको थियो । उद्घाटन भएको साढे २ वर्षपछि विमानस्थलमा चहलपहल बढ्न थालेको थियो ।
जजिराले हप्तामा ३ पटक कुवेत–भैरहवा–कुवेत उडान गर्दै आएको थियो । थाई एयर एसियाले सातामा एकदिन बैंकक–भैरहवा–बैंकक उडान गर्दै आएको थियो भने फ्लाइ दुबईले प्रत्येक दिन दुबई–भैरहवा–काठमाडौं र कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं उडान गर्दै आएका थिए ।
नेपाल वायुसेवा निगमको काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडान कायम रहे पनि निगमको जहाज नियमित छैन ।
पूर्वाधार विस्तारका लागि भन्दै गएको २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर १४ घन्टामात्रै सञ्चालनमा ल्याइएको थियो ।
राति १० बजेपछि विमानस्थल बन्द हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ४ वटा उडान गर्ने तथा काठमाडौंमा नयाँ उडान अनुमति माग्ने वायुसेवा कतार, फलाई दुबई, थाई एयर एसिया र जजिराका उडानलाई शर्तसहित भैरहवा पठाएको थियो ।
यसअघि जाडोयाममा शितलहर र हुस्सुले उडानमा समस्या आएको भन्दै विमान कम्पनीहरूले मंसिर अन्तिम सातादेखि भैरहवा उडान स्थगित गरेका थिए ।
मौसममा सुधार आएपछि तथा हुस्सु र तुवाँलो लागेको समयमा समेत सुरक्षित अवतरण गराउन सकिने स्याटेलाइटमा आधारित आरएनपी–एआर प्रणाली लागू गरेपछि माघको दोस्रो सातादेखि पुनः उडान सुचारु भएको थियो ।
तर, अहिले चारवटै विमान कम्पनीले भैरहवा उडान स्थगित गरी काठमाडौं केन्द्रित हुन लागेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए ।
‘कार्गो र यात्रुको कारण देखाउँदै विदेशी विमान कम्पनी फेरि भैरहवा उडान गर्न मानेका छैनन्, काठमाडौंमा केन्द्रित हुन थालेका छन्,’ सहप्रवक्ता भूलले भने ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बासिन्दालाई काठमाडौंबाट भन्दा भैरहवाबाट वैदेशिक रोजगारीमा जानका लागि पायक पर्छ ।
महाप्रबन्धक तिवारीका अनुसार गत जनवरीदेखि मार्च २० सम्म १३ हजार १८१ यात्रुले भैरहवाबाट उडान/ अवतरण गरेका छन् ।
सन् २०२४ मा ८ हजार १५७ यात्रुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरेकोमा सन् २०२५ को जनवरीदेखि मार्च २० सम्म मात्र १३ हजार १८१ यात्रुले उडान तथा अवतरण गरेका हुन् । मार्च महिनाको २० तारिखका दिन पनि ५३७ यात्रुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा लिएका छन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले विमान कम्पनीको काठमाडौंकेन्द्रित मानसिकता हटाउन भूमिका खेल्नु आवश्यक रहेको बताए । भैरहवाको आकाशमा नियमित उडान गर्न कुनै अल्झन छैन । एक घण्टामा ४०० यात्रु ओराल्न र उडान गर्न सक्ने गरी संरचना तयार छ ।
विदेशी कम्पनीका विमानले शुरू गरेका उडान निरन्तर कायम हुन सक्ने परिस्थिति राज्यले बनाइराख्नुपर्ने पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले बताए ।
गौतम बुद्ध विमानस्थल निर्माणमा ४० अर्ब रूपैयाँ लगानी भएको छ, जसमा एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान र नेपाल सरकारको लगानी छ । उच्च लागतमा विमानस्थल बने पनि सञ्चालनका लागि भइरहेको अल्झनले निजी क्षेत्रको लगानी संकटमा परेको छ भने विमानस्थल कतै डोमेस्टिकमा मात्र परिणत हुने त होइन भन्ने आशंकालाई बढावा दिएको छ ।
एयरलाइन्सलाई टिकाउँदै अन्य कम्पनीहरूलाई अकर्षित गर्नुपर्ने अर्का पर्यटन व्यवसायी रचना पन्त बताउँछिन् । विमानस्थल प्रयोगका लागि विदेशी वायुसेवा कम्पनीहरूलाई दिगोरूपमा तयार गर्न नसक्दा विमानस्थल निर्माण गर्दाको ऋण भुक्तानीमा अप्ठ्यारो निम्तिने जोखिम हुँदै आएको छ ।
भैरहवा आउने एयरलाइन्सहरूलाई सरकारले विभिन्न सेवामा सहुलियत लगायतका आकर्षक प्याकेज घोषणा गरेको छ । भैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु ३ हजार रूपैयाँ यात्रु सेवा शुल्क र १ हजार रूपैयाँ पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट प्रदान गरिएको छ ।
यसका अलावा काठमाडौं विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलर छुट दिइएको छ । विमानस्थल सञ्चालनका लागि सरकारले वि.सं. २०७९ सालमा भैरहवामा श्रम तथा रोजगार कार्यालय र वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
कार्यालय स्थापनापश्चात् पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइँदै आएको छ ।
भैरहवामा स्वास्थ्य जाँच, म्यानपावर, भिसा सेन्टरलगायतका कार्यालय अहिलेसम्म स्थापना गरिएका छैनन् । यस क्षेत्रका लगानीकर्ता, पर्यटन व्यवसायी र ट्राभल कम्पनीले विदेश जान आधारभूत प्रक्रिया पूरा गर्ने कार्यालय स्थापनाको माग गर्दै आएका छन् । विमानस्थल ८०० बिगाहा क्षेत्रफलमा फैलिएको छ ।
३ किलोमिटरको ‘रनवे’ रहेको फोर ई क्याटोगोरीको विमानस्थलमा ९ औं क्याटोगोरीका वारुणयन्त्रहरू छन् । विमानस्थलसरह उडान र अवतरण हुन सक्ने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सक्ने क्षमता छ ।
विमानस्थलका प्रमुख अध्यामन अधिकृत दिनेश सागर भुसालले एयरपोर्टको यो अवस्थाले राज्य टाट पल्टिने संकेत गर्ने बताए ।
‘विमानस्थलमा ठूलो जनशक्ति राखिएको छ । एयरलाइन्सको शेड्युल छैन । कर्मचारी यताउता गरेर दिन बिताउनुपर्ने बाध्यता छ,’ भुसालले लोकान्तरसँग भने, ‘अर्बौं खर्चिएको विमानस्थल सञ्चालन गर्न राज्य गम्भीर बन्नुपर्छ ।’
उनले थपे, ‘भैरहवामा स्वास्थ्य परीक्षण, भिसा सेन्टरसहित विदेशिन चाहिने सबै प्रक्रिया पूरा गर्न मिल्ने व्यवस्था हुनुपर्छ । त्यस्तै, लुम्बिनी आउने पर्यटकका लागि ‘टुरिजम प्याकेज’ पनि पर्यटन व्यवसायीले दिन सक्नुपर्छ । केही हप्ता दुई–चारवटा उडान हुने, फेरि हराउने अवस्थाले हामी जहाँकोत्यहीँ हुन्छौं ।’


प्रकाशित : २०८१ चैत्र १९, मंगलवार १४:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech