ताजा अपडेट

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

डढेलो लाग्न नदिन उच्च सतर्कता

लुम्बिनी दर्पण २०८१ चैत्र २२, शुक्रबार १०:५३
[sharethis-inline-buttons]

वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।

वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए ।

“सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हामी उपलब्ध गराउँछौँ”, उनले भने, “सामुदायिक वनलगायत संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्छन्, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।” उहाँका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्रीसहित कर्मचारी पनि खटिन्छन् ।

डढेलो लाग्न नदिन सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्यसँगै वन क्षेत्रमा अग्निरेखा तयार गर्ने, चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अगाडि बढाइएको उनको भनाइ छ । यस वर्ष हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहेको उल्लेख गर्दै कार्यालय प्रमुख ठाकुरले तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेर गएको बताए ।

“चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताले गर्दा नियन्त्रण गर्न निकै चुनौती छ”, उनले भने, “डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अवलम्बन गरेका छौँ ।”

सामुदायिक वनका उपभोक्तालाई सचेत पारेकै कारण अहिलेसम्म डढेलो लागेको जानकारी नआएको उनले बताए । डढेलोबाट हुने वन, जनधनको क्षति न्यूनीकरण गर्न सर्तक अवस्थामा रहेको उनी बताउँछन् ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आबद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नि नियन्त्रक टोली गठन गरेको छ । डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नि नियन्त्रक मूल समिति गठन गरी परिचालन गरिएको छ ।

एकीकृत सूचना प्रणालीमार्फत डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए । “यस कार्यले डढेलो लागेको जानकरी डिभिजन वन कार्यालयसँगै आबद्ध सबै सामुदायिक वनलाई हुन्छ”, उनले भने, “जसले गर्दा डढेलो नियन्त्रण गर्न सहज हुन्छ, वन क्षेत्रमा भइरहेको पुनः उत्पादन भएका बिरूवालाई जोगाउन सकिन्छ, वनक्षेत्र नजिकका बस्तीमा डढेलो नलाग्दा धनजनको क्षति हुन पाउँदैन ।”

हाल लालझाडी करिडोर क्षेत्रका सामुदायिक वनमा अग्नि रेखा सफा गर्ने, कन्ट्रोल फायर (नियन्त्रित आगो)लगायत कार्य उपभोक्ताको उपस्थितिमा भइरहेको उनले जानकारी दिए ।

“वन क्षेत्रमा जथाभावी रूपमा आगो लगाउने, चुरोट बिडीका ठुटा फाल्ने, ज्वलनशील पदार्थको प्रयोग गर्ने कार्य गरेमा वनक्षेत्रमा क्षति भएमा हुने कानुनी प्रावधानका बारेमा सर्वसाधारणलाई सचेतना दिने कार्य गरिरहेका छौँ”, उनले भने । तराई क्षेत्रमा रूखबाट पात झर्ने भएकाले चैत, वैशाख र जेठमा बर्सेनि डढेलो लाग्ने गर्दछ ।

जसका कारण वनक्षेत्रमा ढलेपडेका, सुकेका काठमा आगो लाग्दा करोडौँको क्षति हुने गर्छ । डढेलोकै कारण अजिङ्गर, विभिन्न प्रजातिका सर्पलगायत उभयचर, चराचुरुङ्गी, जनावरको मृत्यु हुनुका साथै वन्यजन्तुको बासस्थान मासिने गर्दछ । वनक्षेत्रमा डढेलो लागेमा वन्यजन्तु बस्तीतर्फ जाँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्ने गर्दछ ।


प्रकाशित : २०८१ चैत्र २२, शुक्रबार १०:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो

समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवार कायम

भर्खरै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

  • ८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech