
हरि आचार्य, कपिलवस्तु
आवर विज्डम अंग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा १ बैरीया कपिलवस्तुको २५ औं बार्षिक उत्सव, रजत जयन्ती समारोह, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गरि दुई दिन २५ औं बार्षिक उत्सव, रजत जयन्ती समारोह, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो ।
कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र पुरस्कार वितरण गरिएको छ । त्यस्तै कक्षा नर्सरी देखि कक्षा ९ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । कार्यक्रममा दिनभर विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासीलाई गुणस्तरिय शिक्षाका प्रदान गर्नका लागि नगरपालिका रात दिन नभनी लागिपरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मरासिनीले बाहिर आएजस्तो नगरपालिकाले सामुदायिक विद्यालयलाई संरक्षण र नीजि विद्यालयलाई वेवास्ता गरियो भन्ने भ्रमको पछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले नगरपालिकाले शिक्षा संगै अन्य विकासका पुर्वाधार र नागरिक सचेतनाको अभियानलाई समान रुपमा निरन्तरता दिईरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले आवर विज्डमले रजत जयन्ती मनाए जस्तै स्वर्ण, हिरक महोत्सव पनि मनाउने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तरलाई उत्कृष्टका साथ अगाडि बढाईरहेको भन्दै सामुदायिक र नीजि विद्यालय सबैले विद्यार्थीहरुलाई देश मात्र नभई अन्तराष्ट्रिय स्तरमा योग्य बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका पुर्व विद्यार्थी तथा मेडिकल अधिकृत डा.राजन सुवेदीले आफुले अध्ययान गरेको आवर विज्डमले रजत जयन्ती मनाउदा गर्व लागेको बताउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष घनश्याम घिमिरे, अभिभावक बुद्धिसागर बेल्बासे, पुर्व शिक्षक रबिन्द्र पौडेल लगायतले मन्तब्य राख्दै आवर विज्डम उत्कृष्ट विद्यालयको सुचिमा पर्न सफल रहेको बताउदै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयको शैक्षिक प्रतिवेदन विद्यालय संचालक कमला शर्मा न्यौपानेले प्रस्तुत गर्दै सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजा, विद्यालयले प्राप्त गरेका अवार्डहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
विद्यालयका प्राचार्य नारायण शर्माले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक, पुर्व शेयर सदस्य, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने विद्यालयका शिक्षक तारा प्रसाद पाण्डेको स्वागत तथा पत्रकार हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।