
नगेन्द्र केसी
बैशाख ३
रुपन्देहीको शुद्धोदन गाउँपालिका-७ मटेरिया अवस्थित जनता सामुदायिक सिकाई केन्द्रको आयोजनामा आधारभूत सिलाई कटाई र एडभान्स डल तथा कुशन तालिम कार्यक्रमको समुद्घाटन बुधबार एक समारोहबीच
जनता सामुदायिक सिकाई केन्द्रको हलमा सम्पन्न भएको छ।जनता सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सोमनाथ शर्माको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले रिबन काटेर उद्घाटन गर्नुभएको थियोे।सो कार्यक्रममा अध्यक्ष बस्यालले यस तालिमको महत्व उजागर गर्दै महिलाहरूको आर्थिक सशक्तिकरणमा यस्ता सीपमूलक तालिमले ठूलो योगदान गर्ने बताउनुभयो।उहाँले आजको युगमा महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म समाजको समुचित विकास सम्भव छैन।हाम्रो गाउँपालिकाले महिलाहरूको सीप विकासका लागि विभिन्न कार्यक्रम ल्याउने योजना बनाएको बताउनुभयो।वडा नम्बर ६ का वडा अध्यक्ष उपेन्द्र शाहानीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै सहभागीहरूसँग सक्रिय रूपमा तालिम सिकेर व्यावसायिक रूपमा अगाडि बढ्न आग्रह गर्नुभयो।वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष भीमनारायण चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो।उहाँले तालिम पश्चात् महिलाहरूलाई आर्थिक रूपमा अघि बढ्न आवश्यक परे वडाले थप सहयोग गर्ने आश्वासन दिनुभयो।