ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सहकारीका बचतकर्ताको बिचल्ली-बुटवल सनराइजका अध्यक्ष र कोषाध्यक्ष फरार, कार्यालय बन्द

लुम्बिनी दर्पण २०८२ बैशाख ४, बिहीबार १४:३४
[sharethis-inline-buttons]
Image XYZ

बुटवलको सनराइज सहकारीका बचतकर्ताको बिचल्ली( अध्यक्ष र कोषाध्यक्ष फरार, कार्यालय बन्द बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ठूलो रकम संकलन गरेर बिचल्लीमा पारेको छ ।
बहुउद्देश्यीय सहकारीले बजार प्रतिनिधि राखेर दैनिक लाखौँ रकम संकलन गरे पनि त्यो रकम कहाँ लगानी गरेर समस्यामा आयो भन्ने केही खुलेको छैन ।
अहिले सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएसँगै यसका बचतकर्ताको बिचल्ली भएको हो ।०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएर बुटवल उपमहानगर वडा न ११ देवीनगरमा यसको कार्यालय सञ्चालन गरिएको यो सहकारी ०८१ चैत ३१ गतेदेखि कार्यालयमा सूचना टाँस गरेर एकाएक बन्द गरिएको बचतकर्ताले जनाएका छन् ।
सूचना टाँसिएको मितिसम्म पनि कर्मचारीले बजारमा नियमित दैनिकी उठाइरहेको भेटिएको छ ।०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएर बुटवल उपमहानगर वडा न ११ देवीनगरमा यसको कार्यालय सञ्चालन गरिएको यो सहकारी ०८१ चैत ३१ गतेदेखि कार्यालयमा सूचना टाँस गरेर एकाएक बन्द गरिएको बचतकर्ताले जनाएका छन् । सूचना टाँसिएको मितिसम्म पनि कर्मचारीले बजारमा नियमित दैनिकी उठाइरहेको भेटिएको छ ।सहकारी दर्ता भएपछि ०७९ सालमा साधारणसभा गरिए पनि त्यसयता सम्बन्धित निकायमा सम्पर्कमा नआएर बजारबाट चार वर्षदेखि निरन्तर पैसा उठाउँदै आएकाले बचतकर्ताको कति रकम उठ्यो भन्ने कुनै विवरण नखुलेको हो ।बचतकर्ताले चैत ३१ गतेसम्म बजारबाट रकम उठाएर सोही दिन नै सूचना टाँस गरी बन्द भएपछि उनीहरू आश्चर्यमा परेका हुन् । कार्यालयको भित्तामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सृजना भएको भन्दै गत चैत ३१ गतेको मितिमा सूचना टाँसिएको छ ।उल्टै सूचनामा बचतकर्तालाई अध्यक्षको खोजी गर्न आवश्यक पहल गर्न अपिल गरिएको छ । यो सहकारीमा तीन किसिमको बचत गर्दै आएका व्यवसायी दिलबिन्दु थापाका अनुसार ३१ गतेसम्म यसका कर्मचारीले रकम उठाइरहेपनि सोही दिन नै सूचना राखेर बन्द गरिएको हो ।मेरो दैनिक ३ प्रकारको बचत थियो यो सहकारीमा। ३१ गतेसम्म त पैसा उठाउँदै हिँड्नु भएको थियो कर्मचारीहरू । नयाँ वर्षकै दिनदेखि फरार भएछ । सरकार छिटोभन्दा छिटो फरार व्यक्तिलाई कानुनको कठघरा उभ्याइ पीडितलाई न्याय दिलाइदेऊ’ उनले भनेका छन् ।मेडिकल व्यवसाय गर्ने थापा बुटवलमा लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि जोडिएका छन् तर उनले यसरी सहकारीबाट ठगिने कल्पना पनि नगरेको बताएका छन् ।उनीजस्तै अर्का व्यवसायी लक्ष्मण क्षेत्रीले पनि आफू सनराइज सहकारीबाट ठगिएको बताएका छन् । बुटवलका स्थापित व्यवसायी क्षेत्रीले समेत सहकारीबाट ठगिनुपरेपछि अरू सामान्य नागरिकले यसको संकेत पाउने कुरै भएन ।सहकारीले कार्यालयमा सूचना टाँसी गरी सहकारी बन्द गरेको आन्तरिक रूपमा हल्ला भएपछि आफ्नो बचत रकम लिनका लागि कार्यालयमा आएकी बुटवल उपमहानगरपालिका वडा न ७ दीपनगरकी स्मृति पाण्डे पौडेलले छोराछोरीको स्कुलको नास्तालाई कटौती गरी दैनिक एक दुई सयका दरले जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा निकै पीडा भएको दुखेसो सुनाइन् ।
देवी नगरकी तारा विश्वकर्माले पेटभरि खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन आउँदा कार्यालय नै बन्द गरिएको र पैसा उठाउने बहिनीहरूले समेत फोन उठाउने छाडेको दुःखेसो पोखिन् ।

माथिका पीडित प्रतिनिधि उदाहरण मात्रै हुन् । सहकारीले दैनिक रूपमा बजार प्रतिनिधि खटाएर बजारबाट रकम संकलन गरे पनि अहिलेसम्म कति सदस्य बनाएको र कति रकम संकलन गरेको तथ्यांक नियामक निकाय कसैलाई जानकारी छैन ।सहकारीको कार्यालय रहेको बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले यो सहकारीले प्रदेशमा दर्ता भएर कानुन विपरीत बचत संकलन गरेको र अहिले आफूहरू पीडित भएको वडावासीले भनेका आधारमा आज कार्यालयमा जाँदा कोही नभेटिएको बताए ।हामीले बाहिर दर्ता भए पनि व्यवसाय दर्ताका लागि सूचित गरेका थियौँ तर उनीहरू कोही सम्पर्कमा आएनन्, नियामक निकायको पनि कमजोरी धेरै देखियो, यति लामो समयसम्म उसले कुनै रिपोर्ट पेश नगरेको कुरा रहेछ, तर केही फलो अप देखिएन, कति सदस्य बनेको, कति रकम संकलन भएको भन्ने कुरा बिहीबार प्रहरी, नगरको सहकारीका कर्मचारी गएर कार्यालयमा हेर्ने कुरा छ, त्यसपछि मात्रै अपडेट होला, अहिले त सबै अनुमानको कुरा हो तर सदस्यहरू धेरै बनाइएको कुरा छ’ उनले भने ।उनले कुनै पनि सहकारीका सञ्चालक समितिका मान्छेहरूलाई नचिन्दै सदस्य बन्न नहुने विषय धेरै पटक भनिए पनि जथाभाबी ब्याज र ऋण पाइने लोभमा केही चिनेका करारका कर्मचारीको आधारमा गरिने बचत संकलनले समस्या पारेको बताए ।जनता नै दोषी छन्, म कुन सहकारीको सदस्य बन्ने हो, त्यसको सञ्चालक को छन् भन्ने त सदस्य बन्नेहरूले सुरुमै बुझ्नुपर्‍यो नि, हामीले हरेक टोलमा यसबारे सूचना गरेका छौँ, अहिले सञ्चालक नै नचिनेपछि समस्या परेको छ’ उनले सुनाए । तर पीडित सदस्यहरूले सनराइज सहकारी बुटवल उपमहानगर वडा नं ११ मा दर्ता भएर शुल्क लिएको छ, दर्ता गर्ने तर कुनै अभिलेख नराख्ने स्थानीय तहका कारण पनि सहकारीको ठगी धन्दा मौलाउँदै गएको बताएका छन् ।बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख गुनाखर खनालले नगरमा दर्ता रहेका सहकारीमा अहिलेसम्म समस्या नआएको तर अन्त दर्ता भएर यहाँ बसेका सहकारीले समस्या पारेको बताए । ‘सनराइज पनि प्रदेशमा दर्ता भएर अहिले समस्यामा परेको विषय आएको छ, हामीकहाँ दर्ता नभएपछि केही गर्न मिल्दैन, नगरले सूचना निकालेर सूचीकरणका लागि पत्राचार गरे पनि अरू केही आएका छन् तर यो नआएको अवस्था छ’ खनालले भने ।लुम्बिनी प्रदेश सरकारका सहकारी रजिष्ट्रार टीकाराम पोख्रेलले प्रदेश स्थापना भएपछि प्रदेशमा दर्ता भएका केही सहकारीहरूले नियत नै गलत राखेर सहकारी संस्था प्रदेशमा दर्ता हुने गरेको बताए ।
प्रदेशमा १ सय ३० वटा सहकारी प्रदेशमा दर्ता भएको र प्रदेशका १२ वटा जिल्लामा गरी प्रदेश सरकार अन्तर्गत सहकारी रजिष्ट्रारको कार्यालयले नियमन गर्ने ८ सय ४८ सहकारी रहेको तर कर्मचारी न्यून भएकाले अनुगमन र नियमन कार्य प्रभावकारी हुन नसकेको रजिष्ट्रार पोख्रेलले बताए ।
सनराइज सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् भने सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरूलाई सहकारीको बारेमा केही जानकारी नभएको केवल नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएकोबाहेक अन्य कुरा थाहा नभएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर बसेका छन् ।
लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले जिल्लाभन्दा बाहिर दर्ता भएर आएका बहुउद्देश्यीय सहकारीमा रकम जम्मा नगर्न अपिल गर्दै प्रदेशमा २३ वटा सहकारीमा समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी रहेकोमा सनराईज बहुउद्देश्यीय पनि थपिन पुगेको बताए । उनले दर्ता गर्ने कार्यालयले अनुगमनमा कडाइ गर्न आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेशमा उजुरी परेर कारबाही प्रक्रिया रहेका आयाम बहुउद्देश्यीय, सुनौलो, मञ्जुश्री बहुउद्देश्यीय, सप्तदीप, स्टार, सार्थक बहुउद्देश्यीय, मार्ग दर्शन, साइन, विश्व विराट, उपकार, उपदेश, शिव शिखर र सनराइज र बचत ऋण सहकारीमा सुप्रिम र आगन्तुक सहकारी रहेका छन् । संघीय र प्रदेशमा दर्ता भएका सहकारीलाई स्थानीय निकायले नियमन गर्न नसक्ने भन्दै उम्कने गरेको छ भने संघीय र प्रदेशका सहकारीका अधिकारीहरूले कर्मचारी अभावमा नियमन गर्न नसकेको तयारी जवाफ दिने गरेका छन् ।


प्रकाशित : २०८२ बैशाख ४, बिहीबार १४:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech