
नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा हिलो र चिप्लो सडकले यात्रुहरूलाई सास्ती दिएको छ। हिजो बाटो पूर्णरूपमा अवरुद्ध भएपछि आज बिहानदेखि सवारी साधनहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्तापूर्व का अनुसार, सडक चिप्लो हुनुका साथै एक टिपर समेत बाटोमै बिग्रिएपछि समस्या झन गम्भीर बनेको हो। अहिले केही राहत स्वरूप गाडीहरू एकतर्फी सञ्चालन गरिएका छन्, तर जामको समस्या भने अझै कायम छ।दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल निर्माण गर्ने र कल्भर्ट बनाउने काम भइरहेको छ। निर्माणका क्रममा परेको पानीले काम प्रभावित भएको छ भने यात्रुहरूलाई समेत निकै कठिनाइ भइरहेको छ।
सडक विस्तारको कामले गर्दा राति ११ बजेदेखि बिहान ५ बजेसम्म उक्त खण्ड बन्द गरिँदै आएको छ। तर पानी र हिलोका कारण निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ।