
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गएको मध्यरातमा गोली प्रहार भएको छ। मायादेवी गाउँपालिका वडा नं – १ स्थित आफ्नो निवासमा बसेका अध्यक्ष चौधरी माथि गोली चलेको हो । सो घटना राती करिव साढे ११ बजेको समयमा घटेको हो ।अध्यक्ष चौधरी घरसगैँ सटेको शौचालयमा शौच गर्न जाने क्रममा सोही मौका छोपी केही अज्ञात ब्यक्तिले गोली चलाएका हुन् ।गोली चलाउने ब्यक्ति उचाइमा आफु भन्दा अग्लो रहेको र मुखमा सेता पट्टी बाधेको अध्यक्ष चौधरीले बताएका छन् ।गोली लाग्नबाट बालबाल बचेका चौधरीले आफुलाई फसाउने कुनै माध्यम नदेखेपछि केही तत्वले प्रहार गर्न खोजेको बताएका छन् ।सो घटना हुन साथ अध्यक्ष चौधरीको घरमा प्रहरीको टोली पुगी घटना स्थलमा पुगी एक थान गोलीको खोका बरामद भएको छ भने त्यसैका आधारमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार, (‘ गोली प्रहार गर्ने ब्यक्तिको खोज अनुसन्धान भई रहेको छ। ‘