
बुटवल/पाल्पाकाे बगनासकालीमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
पाल्पाको बग्नासकाली गाउँपालिका वडा नम्बर ४ मलेङ स्थिति भित्री कच्ची सडक खण्डमा आईतवार साँझ पौने आठ बजेतिर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परि
स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी १८ बर्षिय एलीसा सारुको मृत्यु भएको हो।
तानसेनबाट भालेबासतर्फ जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिन जाँदा जिपमा सवार सारुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि जिपमा सवार पाल्पा बगनासकाली गाउँपालिका ४ भालेबासकी अन्दाजी ३६ बर्षकी निता दर्लामी गम्भीर घाईते भएकी छन्। उनलाई उपचारको लागी तानसेनतर्फ पठाईएको प्रहरीले जनाएको छ। अरु तिनजना यात्रु सामान्य घाइते भएका छन्।
जिपमा चालक सहित ९ जना यात्रु सवार रहेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।