ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पोषणका लागि रैथाने बालीको प्रयोग बढाऔं -मुख्यमन्त्री आचार्य

लुम्बिनी दर्पण २०८२ बैशाख ८, सोमबार १५:२४
[sharethis-inline-buttons]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन्।समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपालः स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा उच्च हुने भएकाले त्यसको संरक्षण, प्रवर्द्धन र प्रयोगमा आधारित नीति अपनाइने बताएका हुन्।
मुख्यमन्त्रीले खेती प्रणालीलाई अर्गानिक बनाउने आवश्यकतामा पनि जोड दिए। रैथाने बालिको संरक्षण, उत्पादन र प्रयोगका लागि सरकारले नीति निर्माण गर्छ, उनले भने, पोषण प्रवर्द्धन एकल प्रयासले सम्भव हुँदैन, तीन तहका सरकार, सामाजिक संघसंस्था र समुदायको सक्रिय सहभागिता जरुरी छ।
उनले विशेष योजना बनाएर जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय स्तरमा पोषण प्रवर्द्धनलाई अभियानका रूपमा लैजानुपर्ने धारणा व्यक्त गरे। मकै, गहुँ, जौँ, फापर, कोदो जस्ता रैथाने बालिहरू ओझेलमा परेको भन्दै तिनको संरक्षण र प्रवर्द्धनका लागि रणनीति आवश्यक भएको उनले बताए।प्रदेशमा नसर्ने रोगको अवस्था बढ्दो रहेको र विषादी प्रयोगले स्थिति जटिल बनाएको भन्दै मुख्यमन्त्रीले विषादीविहीन खाद्यान्न तथा तरकारी उत्पादनलाई प्राथमिकता दिने स्पष्ट पारे।कार्यक्रम प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरको स्वागत मन्तव्यबाट सुरु भई योजना आयोगका सदस्य भूवन चौधरीको सहजीकरणमा सम्पन्न भएको थियो।प्रतिबद्ध रहेको बताए। जनचेतना अभिवृद्धिका लागि समुदाय केन्द्रीत अभियान थालिने र मिडिया क्षेत्रको सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिए।लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीका अनुसार प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा सुधार आवश्यक छ। उनका अनुसार लुम्बिनीमा पुड्कोपना २५ प्रतिशत, ख्याउटोपना १६ प्रतिशत, कम तौल २३ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ। त्यस्तै, प्रजनन उमेरका महिलामध्ये ४४ प्रतिशतमा पनि रक्तअल्पता देखिएको छ।राष्ट्रिय योजना आयोगका शाखा अधिकृत चन्द्रप्रकाश बस्नेतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपाल विश्व खाद्य जोखिम सूचकांकमा १२औं स्थानमा छ। उनका अनुसार हाल कुल जनसंख्याको ५७ प्रतिशत मात्र खाद्य सुरक्षाको अवस्थामा छन्, बाँकी आंशिक वा पूर्णरूपमा खाद्य असुरक्षाको जोखिममा छन्।कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थी, डब्लुएचएचका कन्ट्री डाइरेक्टर शकिब नबी, जिल्ला समन्वय समिति महासंघ लुम्बिनीका अध्यक्ष द्रोण खत्री, गाउँपालिका महासंघका सदस्य भक्तबहादुर जिसी, उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघ लुम्बिनीकी अध्यक्ष जितकुमारी बेल्वासे ९शुसीला० लगायतका वक्ताहरूले पोषण सुधारका लागि सरकारी तथा गैरसरकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी तथा सरोकारवाला निकायका प्रमुखहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले खाद्य सुरक्षालाई विकासको आधारशिला मान्दै यस क्षेत्रमा गम्भीर नीतिगत हस्तक्षेप आवश्यक रहेको धारणा राखे।


प्रकाशित : २०८२ बैशाख ८, सोमबार १५:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech