
गुल्मीमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत गुल्मीबाट विभिन्न समयमा फैसलाभई फरार रहेका ११ जनालाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।
फरार रहेको २४ वर्षपछि पक्राउ कालीगण्डकी गाउँपालिका वडा नम्बर दुईका ५६ वर्षीय तिलबहादुर बिकलाई नकवजनी चोरीमा अदालतले २०५७ चैत २२ गते १७ दिन कैद र एक हजार पाँच सय रुपैया जरिवना तोकेको थियो । निज बिक हालसम्म फरार रहेकोमा चैत २९ गते निजलाई प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको हो ।अदालतले मालिका गाउँपालिका वडा नम्बर सातका ७५ वर्षीय डिलबहादुर क्षेत्रीलाई जारी मुद्धा शिर्षकमा २०२८ चैत तीन गते चार वर्ष कैदको दण्ड सजाय तोकेको थियो । हाल निजको अवस्था बुझदै जाँदा निजको मृत्यु भएकाले मृत्यु दर्तासहित प्रमाण अदालतमा पेश गरी निजको लगत कट्टा गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका ११ जना मध्ये दुइ जना चेक अनादरमा दुई, सवारी ज्यानमा दुई , बैकिङ कसुरमा एक,चोरीमा एक, वनमा एक, जनरजस्ती चोरीमा एक, लागु औषधमा एक,जारीमा एक र नकवजनीमा एक जना रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट पाँच वर्ष सात महिना सात दिन र पाँच लाख ८२ हजार ६२० रुपियाँ असुल भएको प्रहरी उपरीक्षक भुजेलले जानकारी दिए ।जिल्लामा शान्ती सुरक्षा कायम गर्न र फरार प्रतिवादीहरुलाई खोज्नका लागि आफूहरुले प्राथमिकताका साथ काम गर्दै आएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रत्येक महिनाको कार्य प्रगति विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आएको छ ।