ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवनियुक्त शिक्षामन्त्री पन्तलाई पूर्वमन्त्री तामाङले दिए ११ बुँदे सुझाव

लुम्बिनी दर्पण २०८२ बैशाख १२, शुक्रबार ११:०३
[sharethis-inline-buttons]

पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई शिक्षा क्षेत्रमा सुधारका लागि ११ बुँदे सुझाव दिएका छन्। बिहीबार पदभार ग्रहण गरेका पन्तलाई जिम्मेवारी पटक पटक नआउने भएको भन्दै तामाङले आएको बेलामा गरेर देखाउन सुझाव दिएका हुन्।

पन्त कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ भएको उल्लेख गर्दै तामाङले उनको स्पष्टता र निडरता आफूलाई असाध्यै मन पर्ने उल्लेख गरेका छन्। ‘तपाईँ एक कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ हुनुहुन्छ। तपाईंको स्पष्टता र निडरता मलाई पनि अत्यन्तै मनपर्छ।’ बधाई तथा शुभकामना दिँदै उनले भनेका छन्, ‘तपाईँका विषयमा समाजमा मान्छेका अनेकथरी बुझाइहरू बाहिर आएका छन्। सकारात्मक बुझाइहरूलाई धन्यवाद भन्दै नकारात्मक बुझाइहरूलाई कामले जित्नुपर्नेछ। जिम्मेवारी पटकपटक आउँदैन आएको बेलामा गरेर देखाउने हो। तपाईंले अहिले यो अवसर प्राप्त गर्नुभएको छ। त्यसैले तपाईँले यो अवसरलाई सदुपयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।’

तामाङले सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने आग्रह गरेका छन्। उनले शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्न सुझाव दिएका छन्।

यसैगरी उनले विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने,व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्ने,आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागू गर्ने, दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रुपमा विकास गर्न कार्यक्रम अगाडि बढाउन सुझाव दिएका छन्।

यी हुन् शिक्षा क्षेत्रमा सुधार गर्नको लागि पूर्वमन्त्री तामाङले दिएका सुझाव :

१. विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने (यस विषय र यसबाट हुने लाभको बारेमा विस्तृत रुपमा तपाईँसँग लिखित रूपमा भेटमा राख्नेछु।)
२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने।
३. विद्यालय शिक्षामा नेपाली “Moral and Values” पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला।
४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला।
५. सम्भव भए डिप्लोमा पास गरेपछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्नुहोला।
६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुहोला।
७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्नुहोला। र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागू गर्नुहोला।
८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रुपमा विकास गर्न कार्यक्रम अगाडि बढाउनुहोला।
९. काम गर्दैछ पढ्दैछ कार्यक्रमको बारेमा अध्ययन थाल्नुहोला।
१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिनुहोला।
११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने।


प्रकाशित : २०८२ बैशाख १२, शुक्रबार ११:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech