
बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिक एक ३८ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक टेकबहादुर चौधरी बुटवल ११, बुद्धनगरका निवासी थिए।प्रहरीका अनुसार, शुक्रवार बिहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए। घटनाबारे थप अनुसन्धानका लागि शवलाई पास्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। यस घटनामा अन्य थप विवरणको लागि प्रहरीले अनुसन्धान गरिरहेको छ।