
नेकपा एकीकृत समाजवादीका नेताहरू जारी शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे ।आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसद्मा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे ।लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।बाहिरने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।