ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

छोरा कसको हो भन्ने विषयमा श्रीमान्-श्रीमतीबीच विवाद, हत्या गरेर गाडे कुलोमा

लुम्बिनी दर्पण २०८२ बैशाख १७, बुधबार १२:२९
[sharethis-inline-buttons]
Image XYZ

बाँकेमा ९ वर्षीय बालक कुशल बुढाको हत्या घटनामा उनकै बाबु-आमाको संलग्नता देखिएको प्रहरीले बताएको छ।

बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरस्थित कुलोमा बालकको शव गाडिएको अवस्थामा भेटिएको थियो।

बालक हराएको सातौं दिनमा प्रहरीले सडेगलेको अवस्थामा गत सोमबार अपराह्न ५ बजे शव फेला पारेको हो।

घटनाको अनुसन्धानका क्रममा कुशलको हत्यामा उनकै आमा ३२ वर्षीया यशोदा बुढा र उनकी श्रीमान ३३ वर्षीय निरकनाथ योगीको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।

कुशल कसको छोरा हो भन्ने विषयमा विवाद हुँदा यशोदा र निरकनाथले नै उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

यशोदा र निरकनाथ दुवै अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्। उनीहरूलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले मंगलबार नै अनुमति दिएको थियो।

कुशलको हत्याको पृष्ठभूमि बुझ्न यशोदाको विगतमा फर्किनुपर्ने प्रहरी बताउँछ। निरकनाथ यशोदाका दोस्रो श्रीमान् हुन्। पहिलो श्रीमान् बाँकेको जानकी गाउँपालिका ३ का थिए। उनको ७ वर्षअघि नै मृत्यु भएको थियो। उनीबाट यशोदाले कुशललाई जन्म दिएकी थिइन्।

पहिलो श्रीमानको निधन भएपछि यशोदाले दैलेखको दुल्लु नगरपालिका– १० का निरकनाथसँग विवाह गरेकी थिइन्। उनी मजदुरी गर्छन्।

यद्यपि विवाह गरेको कुरा यशोदाले लुकाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यहाँसम्म कि आफूलाई एकल महिला बताएर उनले जानकी गाउँपालिका वडा ३ बाट भत्तासमेत लिँदै आएको भेटिएको छ।

पहिलो श्रीमानको घरपरिवारलाई मात्रै होइन, अहिलेको श्रीमान निरकनाथसँग पनि यशोदाले आफू विवाहित भएको कुरा लुकाएकी थिइन्। उनीहरू कोहलपुर नगरपालिका ११ कृषि चोकमा बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार यशोदाले कुशललाई कोहलपुर माविमा पढाएकी थिइन्। उनी कक्षा ३ मा पढ्थे। विद्यालयमा उनले कुशलको बाबुको नाम सन्तोष खनाल लेखाएकी थिइन्। यद्यपि कुशलको बाबु मुस्लिम समुदायका हुन्। यसले विद्यालयमा पनि यशोदाले छोराको बारेमा गलत विवरण टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

निरकनाथलाई भने अनेक भनेर कुशल आफ्नो छोरा नभएको विश्वास दिलाउँदै आएकी थिइन्।

कोहलपुर सरेपछि यशोदा पूर्वपतिको घर फर्किएकी छैनन्। कुशललाई भने इद पर्वमा घर पठाउँथिन्। उनी नेपालगन्जसम्म जान्थिन्। त्यहाँबाट गाडी चढाएर कुशललाई घर पठाएर आफू डेरा फर्किन्थिन्।

यसपालि पनि इद मनाउन आउनु भनेर यशोदालाई घरबाट खबर आएको थियो। योपटक पनि छोरालाई जानकी गाउँपालिका जाने बस चढाएर आफू फर्किइन्।

तर यसपटक भने कुशल पनि फर्किएर डेरामा पुगे। उनी डेरामा पुगेपछि कुशल कसको छोरा हो भन्ने विषयमै यशोदा र निरकनाथबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘विवादमा निरकनाथले कुशल यशोदाकै छोरा रहेको दाबी गरिरहे, यशोदाले होइन भन्ने अडान लिइरहिन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

त्यसपछि दुवै मिलेर कुशलको हत्या गरेको प्रहरी निरीक्षक पौडेलले बताए।

दुई जना मिलेर छोराको हत्या गरेपछि यशोदा आफैले छोरा हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन्। निवेदन दिए पनि उनले त्यति धेरै चासो नदेखाएको अनुसन्धानमै खटिएका प्रहरीले बताए।

वैशाख ८ गतेदेखि हराएको भनिएको कुशलको शव नौलापुरमा पानी नआउने कुलोमा गाडिएको अवस्थामा भेटिएको थियो। शव भेटिएको ठाउँ उनीहरूको डेराभन्दा झन्डै १३ किलोमिटर पर हो।

गोठालो गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अगाडि यशोदाले नै शव कुशलकै रहेको सनाखत गरेकी थिइन्।

उनीहरूले कुशललाई घरमै हत्या गरी त्यहाँ लगेर शव गाडेको वा त्यहीँ पुर्‍याएर हत्या गरेको भन्ने विषय अनुसन्धानमै रहेको प्रहरी निरीक्षक पौडेलले बताए।

कुशल मृत भेटिएको खबर पाएपछि उनका हजुरबुवा सरिखत अली शेखले यशोदाविरूद्ध जाहेरी दिएका थिए।

कुशल बेपत्ता भएको जानकारी यशोदाले घर परिवारलाई पनि दिएकी थिइनन्। कुशलको हत्यामा यशोदा र निराकतको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।


प्रकाशित : २०८२ बैशाख १७, बुधबार १२:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech