ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिक्षककाे गुनासाे- न जितियो, न बितियो, बेकारमा गोजी मात्र रित्तियो

लुम्बिनी दर्पण २०८२ बैशाख १८, बिहीबार १५:१०
[sharethis-inline-buttons]

विद्यालय शिक्षा ऐनको मागसहित चैत २० गते आन्दोलन शुरु गर्दा शिक्षकहरु यसपटक कुनै हालतमा उधारो सहमति गरेर नफर्किने अडानमा थिए । सरकारले पटक-पटक वार्तामा बोलाउँदा पनि ऐन जारी हुने सुनिश्चितता खोज्दै आन्दोलन नरोकेको शिक्षक महासंघ अन्तत: ‘चिसै पानीले नुहाउन’ तयार भएपछि शिक्षकहरु रुष्ट भएका छन् ।

२९ दिनदेखि सडक संघर्षमा रहेको नेपाल शिक्षक महासंघले हिजो साँझ सरकारसँग ९ बुँदे सहमति गर्यो । गठबन्धन दलका प्रमुख सचेतक र संसद्को शिक्षा समितिका सभापतिले असार १५ गतेभित्र ऐन पारित गर्ने प्रतिवद्धता जनाएका छन्।

तर, हातहाती ऐन लिएरमात्र फर्किने अडानका साथ आन्दोलनमा उत्रिएका शिक्षकहरु महासंघको यो कदमप्रति आक्रोशित छन् । अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा लगायतले शंकास्पद सहमति गरेको भन्दै प्रदेश र जिल्ला तहका शिक्षकहरुले आक्रोश पोखेका हुन् । नेतृत्वले ऐन जारी गर्ने उधारो सहमति गरेको शिक्षकहरुको बुझाई छ ।

‘समिति बुँदामा मात्र सहमति गर्न र ऐन जारी गर्ने प्रतिबद्धताको लागि मात्र यसरी हजारौँ शिक्षक सडकमा आउन आवश्यक नै थिएन’, एक शिक्षकले जनआस्थासँग भने, ‘महासंघको नेतृत्वले ठूलो राजनीति गर्याे, वित्थामा हामीले महंगो रकम खर्च गरेर यहाँ (काठमाडौँ) आउनुपर्यो ।’

उता शिक्षकहरुले सामाजिक सञ्जालमार्फत् अध्यक्ष सुवेदी नेतृत्वको वार्ता टोलीलाई कटाक्ष गरिरहेको देखिन्छ । एक शिक्षक लेख्छन्, ‘न जितियो, न बितियो, बेकारमा गोजी मात्र रित्तियो । कि के हो अध्यक्षज्यू ?’

त्यस्तै, अर्का शिक्षकले पनि कुन प्रलोभनमा परेर सहमति गर्न तयार हुनु भयो ? भन्दै महासंघको नेतृत्वलाई प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘हात हातमा ऐन लिएर फर्किने अवस्था सिर्जना गरेको खै त लक्ष्मीकिशोरजी ?’

एक शिक्षकको बुझाई भने अलि फरक छ । ‘शिक्षक आन्दोलन आंशिक रुपमा मात्रै सफल भयो’, ती शिक्षक भन्छन्, ‘तर केही मानिस, कार्यकर्तालाई भने राम्ररी चिनियो, आफूलाई असाध्यै विद्वान र आलोचक ठान्नेहरुको स्तर पनि राम्रैसँग नाप्ने मौका पाइयो ।’


प्रकाशित : २०८२ बैशाख १८, बिहीबार १५:१०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech