ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

छोरीसँग मिलेर बुहारीले बनाइन् योजना, २० हजार सुपारी दिएर ससुराको हत्या

लुम्बिनी दर्पण २०८२ बैशाख २०, शनिबार १३:५५
[sharethis-inline-buttons]

संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिला र तीन जना नाबालिकलाई पक्राउ गरेको छ।खाँदबारी नगरपालिका(९ तुम्लिङटार बस्ने ७२ वर्षीय मिनबहादुर कुमालको हत्या भएको थियो।उनको हत्या गरेको अभियोगमा प्रहरीले उनकै ४५ वर्षीया बुहारी, उनकी १३ वर्षीया छोरी र १७ वर्षका दुई जना किशोरलाई पक्राउ गरेको हो।१७ वर्षका दुई किशोर १३ वर्षीया बालिकाका साथीहरू हुन्। घटना वैशाख १३ गते राति साढे १० बजेतिर हो। मिनबहादुर आफ्नै घरमा सुतिरहेको बेलामा दुई जना व्यक्ति आएर हत्या गरेको खबर प्रहरीले पाएको थियो।
उनको हत्या भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। दुई जना व्यक्ति आएर हत्या गरी भागेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख एवं डिएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा टोली खटिएको थियो।७२ वर्षीय व्यक्तिको हत्या हुनुको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको थियो।प्रहरीले सूचना संकलन गर्नका लागि र अनुसन्धानका लागि भनेर प्रहरी पोशाक र सादा पोशाकमा ७६ जनाको टोली खटाएको थियो।यस्तै त्यसबीच प्रहरीले एउटा सूचना पायो( चैत १९ गतेदेखि गाउँका विभिन्न घरमा अपरिचित व्यक्तिहरू पस्ने गरेको छ।यसरी पसेर मानिस धम्क्याउने गरेको तर कसैको घरबाट पनि चोरीरलुटपाटको खबर भने प्रहरीले पाएको थिएन।यो सूचनाले हत्या गर्ने तिनीहरू नै पो हुन् कि भन्ने शंका बढेको थियो।यसैबीच प्रहरीले वैशाख १४ गते नै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा समन्वय गरी तालिम प्राप्त कुकुर पनि झिकाइएको थियो।वैशाख १५ गते कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह ९पिआइटी०को टोली पनि माग गरेको थियो। प्रहरी नायब निरीक्षकको कमाण्डमा तीन जनाको टोली खटिएको थियो।प्रहरीले उक्त टोलीसँगको सहयोगमा प्राविधिक तथा मानवीय विश्लेषण गर्न थालेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।पिआइटीको टोली आएर प्राविधिक विश्लेषण गर्ने काम भयो। विश्लेषणले घटनामा संलग्न व्यक्तिहरू घर आसपास नै हुनुपर्ने संकेत गरेको थियो,’ उनले भने।मोबाइलको टावर लोकेशन घटनास्थल नजिकै देखिएपछि प्रहरीले सुरूमै बुहारी, उनकी छोरीलाई सोधपुछ गरेको थियो। बुहारी(छोरी नजिकैको अर्को घरमा बस्थे।सोधपुछ गरेपछि उनीहरूले घटनामा संलग्न थप दुई व्यक्तिको पनि परिचय खुलाएपछि चारै जनालाई वैशाख १७ गते नै पक्राउ गरेको हो।प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न व्यक्तिहरूको पुरानो रिसइबी र मृतक आफै पनि आपराधिक पृष्ठभूमि रहेको देखिएको छ।प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक मिनबहादुर ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा सजाय काटिसकेका व्यक्ति हुन्।२०७१ कात्तिक ९ गते उनले आफ्नै छोराको टाउको र बुहारीलाई हातमा खुकुरी प्रहार गरेका थिए। त्यतिबेला छोरा गम्भीर घाइते भएका थिए।
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई उनलाई पाँच वर्षको कैद सजाय भएको थियो। उक्त कैद सजाय भुक्तान गरेर उनी निस्किएका थिए।यो मात्रै नभई त्यसअघि २०५९ असोज १ गते पनि उनले आफ्नो भाइ नाता पर्नेको हत्या गरेको अभियोगमा कैद भुक्तान गरिसकेका थिए।उनका छोरा अहिले कतारमा छन्। मृतकले छोरालाई फर्किस् भने मार्ने भनेर धम्क्याउने रहेछन्। अर्को जग्गा बिक्री गर्ने भनेर पनि भन्ने गरेका रहेछन्। जग्गा बेच्न खोजेको निहुँमा पनि उनीहरूबीच विवाद रहेछ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।रिसइबीका कारण बुहारीले छोरीसँग मिलेर ससुराको हत्या गर्ने योजना बनाएका थिए। गाउँमा केही व्यक्ति आएर घरघरमा त्रास फैलाउने गरेको भन्ने हल्ला चलिरहेको बेलामा उनीहरूले योजना बनाएको देखिन्छ। योजना बनाएर छोरीको साथीहरूलाई प्रयोग गरेको छ,’ उनले भने, ‘दुई जना किशोरलाई २० हजार दिने प्रलोभनमा पारेर हत्या गर्न सहमत गराएको देखिन्छ।’
मृतक मिनबहादुर वैशाख १३ गते रक्सी खाएर बसिरहेका थिए। योजना अनुसार बुहारीले अन्य दुई किशोरलाई आफ्नो घरमा पहिल्यै बोलाएर राखेका थिए।राति उनीहरूलाई पनि रक्सी खुवाएर नजिकै रहेको मिनबहादुर बस्ने घर देखाएका थिए।दुई जनाले गएर हत्या गरी फर्किए। उनीहरू पछि बुहारीकै घरमा बसिरहेका थिए,’ उनले भने, ‘घाँटी थिचेर हत्या गरेको खुलेको आशंका छ। पोष्टमर्टम रिपोर्ट आएपछि थप थाहा हुन्छ।’ती दुई किशोर घटनापछि पनि भागेका भने थिएनन्। भागेमा प्रहरीले थाहा पाउने भन्ने आशंकाले उनीहरू बुहारीकै घरमा बस्दै आएका थिए।
यसरी प्रहरीको ध्यान समेत भड्काउन प्रहरी निरीक्षक श्रेष्ठले बताए।प्रहरीले शुक्रबार घटनाबारे सार्वजनिक गरेको छ। यसमा संलग्न चारै जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।


प्रकाशित : २०८२ बैशाख २०, शनिबार १३:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech