ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रीमतीको हत्या गर्न ४ लाखको सुपारी दिएका थिए, मारिए आफै

लुम्बिनी दर्पण २०८२ बैशाख २१, आईतवार १५:०३

धादिङमा एक जना पुरूषको हत्या गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।

गजुरी गाउँपालिका-२ डुँडेठाँटी बस्ने अन्दाजी ६० वर्षीया चुडामणि कँडेलको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई धादिङ डुँडेठाँटी बस्दै आएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्ता छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार चुडामणिको शव चैत २७ गते फेला परेको थियो।

बाहिर हिँडडुल गरिरहने चुडामणि केही दिनदेखि नदेखिएको भन्ने सूचना प्रहरीले पाएको थियो। चुडामणि आफ्नो दुई तले घरमा एक्लै बस्थे। उनकी श्रीमती काठमाडौंमा बस्थिन्। छोरा विदेशमा छन्।

चुडामणि नदेखिएको सूचना स्थानीयबाट पाएपछि चैत २७ गते राति पौने १० बजे राति प्रहरी उनको घरमा पुगेको थियो।

प्रहरीले घरको भुँइ तलाको कोठाभित्र रहेको शौचालयभित्र चुडामणिको शव फेला परेको थियो।

चुडामणिको घाँटीमा डोरीले कसेको अवस्थामा शव फेला परेको थियो। शरीरका विभिन्न ठाउँमा चोटहरू फेला परेका थिए।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट एसपी दिपेन्द्र शाही, इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपी विकास थापा, जिल्ला अस्पताल धादिङबाट चिकित्सक र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिम प्राप्त कुकुर सहितको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।

प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राविधिक सहयोग लिएर पनि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै शिलशिलामा प्रहरीले अक्कलबहादुरलाई वैशाख ३ गते पक्राउ गरेको थियो।

पृथलाल र सञ्चलाललाई वैशाख १६ गते पक्राउ गरेको हो। तीनै जना आरोपीलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

प्रहरीले घटनामा प्रयोग भएको डोरी, कोदालो पनि बरामद गरेको छ। त्यस्तै मृतकको मोबाइलका फुटेका टुक्राहरू पनि बरामद भएको छ।

डिएसपी हमालका अनुसार यस घटनामा संलग्न भएका अक्कलबहादुर र मृतक चुडामणि चिनजानकै व्यक्ति हुन्।

‘उनीहरू दुई जना साथी जस्तै हुन्। अक्कलबहादुर पनि नजिकै बस्ने रहेछन्। चुडामणिको घरमा आउजाउ गर्ने, खानेबस्ने खालको रहेछ,’ उनले भने।

अनुसन्धानको क्रममा चुडामणि र उनकी श्रीमतीबीचको विवादकै कारणले हत्याको घटनासम्म पुगेको खुलेको छ।

प्रहरीका अनुसार चुडामणि र उनकी श्रीमतीबीच सम्बन्ध बिग्रिएको थियो।

‘श्रीमती आउजाउ गर्ने त रहेछ। तर सम्बन्ध बिग्रिएकाले खासै बोलचाल पनि छैन,’ डिएसपी हमालले भने, ‘चुडामणिलाई त्यही रिस रहेछ।’

चुडामणिले श्रीमतीको हत्या गर्ने योजनासम्म बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

त्यसबारेमा उनले अक्कलबहादुरसँग सल्लाह गरेका थिए। अक्कलबहादुर पैसा लिएर चुडामणिकी श्रीमतीको हत्या गर्न राजी भएका थिए।

उनीहरूबीच चैतको दोस्रो सातामै हत्या गर्न भनेर लेनदेन भएको अनुसन्धानबाट खुलेको छ। डिएसपी हमालका अनुसार श्रीमतीको हत्या गर्न चुडामणिले चार लाखको सुपारी दिएका थिए।

प्रहरीले अक्कल बहादुरको कोठाबाट एक लाख रुपैयाँ पनि बरामद गरेको छ।

सुपारी लिएर गएकाहरुले हत्या नगरेपछि चुडामणिले पैसा फिर्ता मागेका थिए।

‘पैसा लिए पनि उनीहरूले हत्या गर्न सकेनछन्। पटक पटक प्रयास गरेका पनि रहेछन् तर सकेनछन्,’ उनले भने, ‘काम नगर्ने भए पैसा फिर्ता गर्न चुडामणिले दबाब दिएका रहेछन्।’

त्यही निहुँमा अक्कलबहादुर लगायत तीन जनाले मिलेर चुडामणिको घाँटीमा डोरी कसेर हत्या गरेको खुलेको छ। डिएसपी हमालका अनुसार उनीहरूले चैत २४ गते नै हत्या गरेका थिए।

‘पैसा फिर्ता मागेर टर्चर दिएपछि हत्या गरेको भनेका छन्। सुरूमा डोरीले कसेर हत्या गरे, मरेको/नमरेको यकिन गर्न हतियार पनि प्रहार गरेको छ,’ डिएसपी हमालले भने।

सुपारीबापत पाएको पैसाले उनीहरूले एकै किसिमका ब्रान्डेड कपडा र जुत्ता किनेका थिए। प्रहरी ती सामान पनि बरामद गरेको छ। तीनै जनामाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको डिएसपी हमालले बताए।


प्रकाशित : २०८२ बैशाख २१, आईतवार १५:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech