ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ

लुम्बिनी दर्पण २०८२ बैशाख २१, आईतवार १५:२८
[sharethis-inline-buttons]
Image XYZ

जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ । भारत–पाकिस्तानबिच द्वन्द्व चर्किएपछि पर्सा नाकाबाट प्रवेश गर्नेहरूमाथि कडाइ गर्न थालिएको हो ।

सिमानामा दुवै देश सुरक्षाकर्मीले ‘इलिगल’ प्रवेशलाई रोक्न व्यापक संख्यामा प्रहरी परिचालन गरेका छन् । पर्सा प्रहरीका अनुसार जम्मु काश्मीरमा आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबिचको उत्पन्न विवादलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो ।

अहिले सीमानाका भएर आवतजावत गर्ने सर्वसाधारणमाथि सोधपुछ तथा जाँचको कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।पर्साका प्रहरी प्रमुख उपरीक्षक गौतम मिश्रले यही बुधबारदेखि जिल्लाका सबै प्रहरी युनिटहरूलाई सिमानामा ‘हाई अलर्ट’ भएर बस्न निर्देशन दिइएको बताए । अहिले मुख्य प्रवेश नाकासँगै ग्रामीण भेगका नाकाहरूमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका व्यक्तिलाई प्रवेशका लागि कागजात अनिवार्य गरिएको छ । तेस्रो मुलुकका व्यक्तिलाई विनाकागजात प्रवेशमा रोक लगाइएको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।

योसँगै नाकामा प्रहरीले आफ्नो ‘स्पेसल डग’ पनि परिचालन गरिरहेको छ । एक/दुई दिनको ग्यापिङ राखेर कुकुरसहित जाँच तथा निगरानी भइरहेको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।

जिल्ला सुरक्षा समितिको निर्देशनबमोजिम काम भइरहेको मिश्रले बताए । ‘सिमानाबाट लागुऔषध ओसारपसार पनि भइरहेको छ । सबै हिसाबले सतर्कता बढाएका छौँ,’ एसपी मिश्रले भने, ‘अहिले पाकिस्तानी र बंगलादेशी नागरिक वीरगञ्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने अवस्थाको आकलन गरेर पनि थप निगरानी बढाएका छौँ ।’

‘इलिगल’ व्यक्ति, हातहतियार र लागुऔषध ओसारपसार रोकथामका लागि दुई लेयरको सुरक्षा जाँचको काम भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयका अनुसार ‘इलिगल’ व्यक्ति प्रवेश रोक्नुका साथै हातहतियार प्रवेश नहोस् भनेर पहिलो पंक्तिमा सशस्त्र प्रहरी बललाई खटाइएको छ ।

उनका अनुसार भारतबाट प्रवेश गर्ने व्यत्तिहरूको पहिलो जाँच सशस्त्र प्रहरीले गर्नेछ, सबै कागजात भेरिफाई गरिसकेपछि प्रवेश दिइनेछ । त्यसपछि दोस्रो पंक्तिमा भने नेपाल प्रहरीले जाँच गरेर सबै ठीक देखिएपछि मात्र तेस्रो मुलुकका व्यक्तिलाई प्रवेश दिइनेछ ।

पहलगाममा आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबिच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेका छन् ।


प्रकाशित : २०८२ बैशाख २१, आईतवार १५:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech