बुटवलको कालिका पथमा स्थित सडकको विचमा रहेको विद्युतको हाइटेन्स पोलमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले ग्लोबल आवाजलाई जानकारी दिए ।शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए । पोलमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिटिएर गएका भण्डारीको शव सोमबार विहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।‘घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सको पोलमा ठोक्किएर झाँडीमा गएकाले आज विहान मात्रै हामीले थापा पाएको थियौँ,’ उनले भने।




















