
४० लाख रुपैयाँ बढीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको हो ।उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ रुपैयाँ बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराले बताए ।