ताजा अपडेट

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रको धर्ना

लुम्बिनी दर्पण २०८२ बैशाख २४, बुधबार १६:१५
[sharethis-inline-buttons]
Image XYZ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरुले विमानस्थलको मुख्य प्रवेशद्वारामा प्रदर्शनसहित धर्ना दिएका छन् ।

लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा संचालनको माग गरिरहेका उद्योगी–व्यसायीले माग सुनुवाई नभएपछि बुधबार विरोध सभासहित धर्ना दिएका हुन् ।

प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग माग गरेका छन् । संघसंस्थाले विमानस्थलको प्रवेशद्वारमा एक घण्टा प्रदर्शन गरेका थिए । दबाबमूलक धर्ना कार्यक्रमको बेवास्ता नगर्न र अर्बौं लगानी जोखिममा पर्दा राज्यले नदेखेजस्तै गर्नु विडम्बना रहेको उनीहरुको भनाई छ ।

रुपन्देहीका उद्योगी–व्यावसायीले एक वर्ष अघि पनि दबाबपूर्ण कार्यक्रम सञ्चालन गरेका थिए । सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)का अनुसार त्यसबेला १५ दिन विमानस्थल बाहिर धर्ना दिइएको थियो ।

त्यतिलेमात्र दबाब नपुगेपछि व्यवसायीको प्रतिनिधिमण्डले काठमाडौंसम्म पुगेर सरोकारवाला मन्त्रीलाई दबाब दिएका थिए । ‘सम्पूर्ण रुपन्देही जिल्ला एकजुट भएर विमानस्थल चलाउन आवाज उठाउनु पर्छ, हैन भने सरकारले सुन्नेवाला छैन । अब चुप बस्नु हुँदैन’ श्रेष्ठले भने ।

विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख, पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनुपरेको उद्योग ब्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श)को अगुवाईमा बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरिएको हो ।

धर्नामा दर्जनौं संघसंस्थाहरु व्यानरसहित सहभागी थिए । सहभागीले विमानस्थल संचालनको माग लेखिएका प्लेकार्ड समेत बोकेर धर्ना दिएको उद्योग–व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । ‘यसअघि ज्ञापनपत्र, छलफलमार्फत विमानस्थल सञ्चालनका लागि दबाब दिएपनि सरकारले नसुनेनेका कारण बाध्य भएर धर्नामा उत्रिएको र नियमित उडानको वातावरण नबनाए थप आन्दोलन चर्काउने जनाए ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार छेकेर उनीहरुले ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भीसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका थिए । ‘आवश्यक कार्यालय नै नखोले कसरी विमानस्थल चल्छ रु’, सरकारसँग प्रश्न गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘निजी क्षेत्र आत्महत्या गर्ने अवस्थामा पुग्दा समेत सरकारले केही सुनेन ।’

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘यो चर्को घाममा सडकमा दबाब कार्यक्रम गर्ने हाम्रो पनि रहर होइन, सरकारले हाम्रो माग सुनेन, व्यवसायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर संघर्षका कार्यक्रम गर्नु परेको हो’ उनले भने । रुपन्देहीको निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरे पनि सरकारले नसुनेको उनले दुखेसो गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको बताए ।

‘ज्ञापनपत्र र छलफल कार्यक्रमले दबाब पुग्नै छाडेपछि निजी क्षेत्र सडकमा उत्रिन बाध्य भएको हो, ‘अब पनि सुनुवाई नभए कडा आन्दोलनमा उत्रिन तयार छौं । सबै संघसंस्थाले सहकार्य गरेर आन्दोलन चर्काउने छौं’ उनले भने ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ संजाल रुपन्देही अध्यक्ष अनिलकुमार ज्ञवाली, उद्योग व्यापार संगठनका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी, संगठनकी महासचिव लक्ष्मी अधिकारी, लुम्बिनी ईंटा उद्योग ब्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ता, सिद्धार्थनगर वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव, मोबाइल व्यवसायी संघका अध्यक्ष बैजनाथ गुप्ताले बोल्दै निजी क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्दासमेत विमानस्थल संचालनमा सरकारले खेलाँची गरिरहेको जनाए ।


प्रकाशित : २०८२ बैशाख २४, बुधबार १६:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड
  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।
  • वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।
प्रतिक्रिया

यो पनि पढौँ

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ

मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु(भाइ

भर्खरै

  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech