
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु थिए । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु रहेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।दुर्घटनापछि उत्तराखण्ड प्रहरी, एसडीआरएफ, दमकल र मेडिकल टोली घटनास्थलमा पुगेको जनाइएको छ । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।उत्तरकाशी जिल्ला विपद् व्यवस्थापनले बिहीबार बिहान ८स्४० बजे गंगनानी नागराज मन्दिर नजिकै हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको जानकारी दिएको छ।जिल्ला विपद् व्यवस्थापनका अनुसार हेलिकप्टर बिहान देहरादूनको सहस्त्रधारा हेलिप्याडबाट उडेको थियो ।