
भारतका ३२ वटा विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । भारत(पाकिस्तान लडाइँ सुरु भएसँगै उत्तरी र पश्चिमी भारतका ३२ वटा विमानस्थल बन्द गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरिएको बताएका छन् ।द हिन्दु डटकमका अनुसार यी विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू मे १५ को बिहान ५स्२९ बजेसम्मका लागि बन्द हुनेछन् ।शनिबार बिहान पाकिस्तानले पनि सबै प्रकारका हवाई उडानका लागि आफ्नो आकाशमार्ग बन्द गरिएको घोषणा गरेको छ । यो बन्द शनिबार अपराह्न ४ बजेसम्मका लागि मात्रै हो ।भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेपछि जम्मु(कश्मीको सीमा क्षेत्र तनावग्रस्ता बनेको छ ।
शुक्रबार रातिदेखि पाकिस्तानले जवाफी कारबाही जारी राखेको छ । त्यस क्रममा जम्मु(कश्मीरका एक उच्च अधिकारीको मृत्यु भएको भारतको दाबी छ ।
पाकिस्तानले हवाई सेना र मिसाइल भण्डारण क्षेत्रलाई निशाना बनाएर आक्रमण सुरु गरेको छ । जवाफी कारबाहीलाई पाकिस्तानले ‘बुनयान(उल(मर्सुस’ अपरेशन भनेको छ ।