
देवदह नगरपालिका वडा नं। १० चरङ्गेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम बीच देवदह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पन्थीले प्रयोगशाला उद्घाटन गरे । सो अवसरमा देवदह १० लाई पूर्ण खोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसुतीयुक्त सुनिश्चितता वडा र किशोर(किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा समेत गरिएको छ । वडाले सबै मापदण्ड पुर्याएको दावी गारिएको छ । कार्यक्रममा वडाका स्वयंसेविकालाई सम्मान गरिनुका साथै रक्तदानसंगै स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । वडा अध्यक्ष एक बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष मोहन बहादुर जीसी, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, वडा सदस्यहरू, कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो।