
लुदस, जीतपुर
कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा संचालक समितिको चुनावी सरगर्मी यतिवेला घामको राप भन्दा तात्दै गएको छ ।
विभिन्न प्यानल बनाएर ४ जना अध्यक्षका आकांक्षीहरु यतिवेला चुनावी मैदानमा छन् । यो समाचार तयार पार्दै गर्दा कपिलवस्तु बहुमुखी क्याम्पसको निर्वाचन चलिरहेको छ ।
जस अर्न्तगत एमाले अध्यक्ष बाबुराम खनाल नेतृत्वमा नेपाली कांग्रेस, माओवादी, जसपा सहितका एक प्यानल रहेको छ भने । उनलाई सो क्षेत्रका एमाले प्रभावशाली नेता तथा क्षेत्र नं २ बाट सांसदमा पराजित वृजेश कुमार गुप्ता भने आफ्नै अध्यक्ष हराउन फरक प्यानल बनाएर लागेका छन् ।
यद्यपी अर्का प्रत्यासी हरम शरिफलाई उनले उमेद्धार बनाएर यतिवेला प्रचार प्रसार सहित चुनावी मैदानमा खटिएका छन् । त्यतिमा होईन आचार्य हराउ अभियानमा कांग्रेस उमेद्धवारलाई सुरेश शर्मालाई समेत मख्ख पारेर अत्यमा शरिफकै पक्षमा उनी लागेका हुन् ।
यसर्थ क्याम्पसको चुनाव पेचिलो बन्ने निश्चित छ । विपक्षीलाई गुन लगाएर आगामी चुनावमा आफुलाई फाईदाको राजनैतिक दाउ हेरेका वृजेश आफ्नै पार्टी अध्यक्ष विरुद्ध खुलेर लागेका हुन् । यसरी वृजेश, खनाल विरुद्ध उभिएपछी भने खनाललाई विपक्षीको बलियो साथ रहेको बुझिएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल खनाल पक्षमा उभिएपछी भने खनाललाई जित निकाल्न सहज हुने देखिन्छ । त्यतिमात्र होईन जसपा र कांगे्रसको एक पक्षले समेत उनैको प्यानलबाट सदस्यमा उमेद्धारी दिएपछी खनाललाई सहज भएको हो । विगतमा वृजेशले मेयरमा पौडेललाई टिकट बाट बन्चित गरेपछी उनी जसपाबाट मेयरमा निर्वाचित भएका थिए भने संसदिय चुनावमा पौडेलकै कारण न्यून मतअन्तरले हार व्यहोर्नपरेको थियो । वृजेशले यस अगाडी करिव ३ सय हाराहारीमा आफु निकटका व्यक्तिलाई आफै लगानी गरि सदस्य बनाएको श्रोतको दावी छ । क्याम्पस मा १ हजार १२ मतदाता रहेका छन् । यसपाली पनी उनी निकटका शरिफ पराजित भए र पार्टी अध्यक्ष विरुद्ध को शक्ति संघर्षले उनको राजनैतिक भविष्य के होला ? यसले एमाले भित्र पनी तरङ्ग ल्याउने आंकलन गरिएको छ ।