लुदस, जीतपुर
नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण बाणगंगामा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेको छ ।
जिल्लामा दशकौँ पुराना इनार, कुवा र आर्टिजन धारा पानी रसाउने अन्य ठाउँ अहिले सुक्न थालेका हुन् । वर्षौं पुराना धारा र कतिपय गत वर्ष गाडेका धारामा पानी रसाउनै छाडेको स्थानीयवासीले बताएका छन्।
नल र धारा सुक्दै गएपछि ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयवासीलाई खानेपानीको समस्या हुन थालेको छ । कपिलवस्तु बाणगंगा कोपवा १ का राम आचार्यले अनियन्त्रित नदि दोहन र दिगो बनका नाममा रुखहरु फडानी गरेपछी यसवर्ष गर्मी समयमा धाराहरु सुक्न थालेको बताए ।
केही वर्षअघिसम्म बाणगंगा नदिमा प्रसस्त पानी हुन्थ्यो माछा मारिन्थ्यो खाईथ्यो अहिले त कुलोमा पानी कसरी आउला चिन्ता बढ्ेको मनहरापुरका किसान अगुवा मुलचन्द्र थारुले भने ।
चुरेभेगका बस्तीमा खानेपानीको धारा नै नरहेको र चुरेमा रहेका रिचार्ज पोखरी सुक्ने नदिमा अनियन्त्रत स्काभेटर प्रयोग बढेपछी आगामी दिनमा विकराल समस्या श्रृजना हुने खानेपानीको अभाव चर्किंदै जाने खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहले चिन्ता व्यक्त गर्नुभयो । शाहले भन्नुभयो, “खानेपानीको अभावमा नलकै भर पर्नुपर्ने गरिबीका कारण अन्यत्र बसाइँ सरेर जान नसक्ने सामान्य जनतालाई खानेपानीकै अभावले पिरोल्न थालेको छ।”
उत्तरी चुरेभेगका बासिन्दा अहिले पनि खोलाखोल्साको दूषित पानी पिउन बाध्य छन्।
चुरेफेदीका धेरै बस्तीमा पालिका र विभिन्न सङ्घसंस्थाले खानेपानीको धारा पु–याए पनि डाँडापाखाका विकट बस्तीमा भने भएकै कुवा र खोल्सा समेत सुक्न थालेपछि समस्या बढ्न थालेको हो।
“बढ्दो वन विनाश र सहरीकरणले गर्दा जमिनमुनि पानीको सतह घट्दै गएको र जरुवाहरू सुक्दै गएका हुन्। वनजङ्गलको संरक्षण र नदीजन्य पदार्थको मनपरी उत्खनन नरोके अझ समस्या बढ्न सक्छ।”




















