ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

लुम्बिनी दर्पण २०८२ जेष्ठ २, शुक्रबार १३:०५
[sharethis-inline-buttons]

पोखराका विभिन्न ठाउँमा श्रृङ्‍खलाबद्ध चोरी तथा डकैती गर्ने समूह सातौं प्रयासमा समातिएको छ ।

गत मंसिरदेखि अहिलेसम्म पोखराका ७ ठाउँबाट श्रृङ्‍खलाबद्ध रूपमा ७९ लाख रुपैयाँभन्दा बढीका धनमाल चोरी गर्ने समूहलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । यो डाँका तथा चोरी समूहका ५ सदस्यलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कटप्पा भनिने सुवास विक, सोही स्थानका २३ वर्षीय बिमल विक, शुक्लागण्डकी नगरपालिका-११ दुर्गेका २२ वर्षीय गणेश सुनार, स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक र सोही ठाउँका ५३ वर्षीय दुर्गाबहादुर थापा छन् ।

‘कटप्पा’ समूह भनेर चिनिने यो समूहले पोखरामा केन्द्रित रहेर डकैती धन्दा चलाउँदै आएको थियो । यो समूहका केही व्यक्ति भने यसअघि नै पक्राउ परी कारागारमा रहेको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले जानकारी दिए ।

कटप्पा समूहबाट प्रहरीले चोरीका विभिन्न गरगहना बरामद गरेको छ । करिब १२ तोला ८ लाल बराबरका सुनका गरगहना बरामद भएको प्रहरीले बताएको छ । त्यसैगरी २४ तोला भन्दा बढीका चाँदीका गरगहना पनि बरामद भएको प्रहरीले बताएको छ ।

‘कटप्पा’ समूह भनेर चिनिने यो समूहले पोखरामा केन्द्रित रहेर डकैती धन्दा चलाउँदै आएको थियो ।
यो समूहले १६ मा २०८१ मा पोखराको सिसुवामा अन्दाजी ४ लाख ४९ हजार बराबरको गरगहना तथा धनमाल चोरी गरेको पाइएको प्रहरीले बताएको छ । ११ फागुन २०८१ मा पोखराकै तामुहनो दुर्गा मन्दिर टोलको एक घरबाट १८ लाख ४ हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

पोखराकै शान्तिपथ ठूलढुंगामा २८ फागुन २०८१ मा ८ लाख ८० हजार बराबरको धनमाल चोरी, २५ वैशाख २०८२ मा विजयपुरमा ३ लाख ४३ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले बताएको छ ।

त्यसैगरी गत चैत २८ मा विजयपुरको सोताटोलको एक घरबाट १४ लाख ४८ हजार २ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । गत १४ मंसिरमो सोताटोलमै १५ लाख ९१ हजार ५६० र गत पुस १२ गते पोखराकै सक्कनेरी नहरकुलोस्थित एक घरबाट ३ लाख ८६ हजार ७५० रुपैयाँ बराबरको धनमाल गरी जम्मा ६९ लाख ३ हजार २६० रुपैयाँ बराबरको चोरी भएको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो ।

साथै अन्य ठाउँबाट समेत जाहेरी आउने क्रम जारी रहेकाले यसको संख्या थपिन सक्ने प्रहरीले बताएको छ ।

आफन्तको समूह बनाएर ‘कटप्पा’ को डकैती

पक्राउ परेको कटप्पा समूहमा रहेका सबै जना आफन्त तथा नातेदार हुन् । आफन्तको समूह बनाएर चोरी गर्नेदेखि चोरीको सामान बेच्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

मुख्य नाइके कटप्पा पोखरामै ढुंगा, गिट्टी, बालुवाको टेक्कापट्टा पनि गर्दै आएका थिए । १० कक्षा पास कटप्पाको अर्को धन्दा भने डकैती रहेको प्रहरीको भनाइ छ । उनलाई २९ वैशाखमा पोखराको बुढीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

कारागारबाट निस्केर कतार गएका कटप्पा ३ महिनामै नेपाल फर्केर पुन: डकैती तथा चोरीको धन्दामा लागेको पाइएको प्रवक्ता बस्नेतले बताए ।
चोरी, डकैतीको धन्दा उनका लागि पुरानो हो । यसअघि ११ जेठ २०७४ देखि २२ जेठसम्म पोखराबाट विभिन्न ठाउँबाट १९ लाख ९९ हजार ५६४ रुपैयाँ बराबरको चोरी गरेको आरोपमा उनीविरुद्ध कास्कीबाट मुद्दा चलेको थियो । यो कसुरमा १४ असार २०७४ मा उनलाई कास्की अदालतले ५ वर्ष कैद र ३ लाख ५० हजार ५१५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । कैद भुक्तान गरेर उनी १० जेठ २०७९ कारागारबाट निस्केका थिए ।

कारागारबाट निस्केर कतार गएका कटप्पा ३ महिनामै नेपाल फर्केर पुन: डकैती तथा चोरीको धन्दामा लागेको पाइएको प्रवक्ता बस्नेतले बताए ।

अर्का आरोपी बिमल विक भने चालक हुन् । नाताले उनी सुवासको ठूलो बुवाको छोरा हुन् । कक्षा ११ सम्म अध्ययन गरेका उनलाई पोखराको मजुवा भन्ने ठाउँबाट प्रहरीले २६ वैशाखमा पक्राउ गरेको हो ।

अर्का आरोपी सुरेश पनि सुवासकै नातेदार हुन् । उनी सुवासको फुपुको छोरा रहेको पाइएको प्रहरीले बताएको छ । एसएलसी पास उनी कालिगढको काम गर्थे । सुवासकै योजनाअनुसार उनी पनि डकैतीमा संलग्न भएको प्रहरीको भनाइ छ ।

कालिगढको काम गर्ने गणेश पनि मुख्य प्रतिवादी सुवासकै फुपुका छोरा हुन् । कक्षा १२ पास गरेका उनी पनि कालिगढको काम गर्थे । उनलाई ३१ वैशाखमा पोखराको गौरीमार्गबाट पक्राउ गरिएको हो ।

अर्का प्रतिवादी दुर्गा भने सुवासका मामा हुन् । उनी स्याङ्जामा कोल्माकोट सुनचाँदी पसल चलाउँदै आएका थिए । चोरी तथा डकैती गरिएको सुन चाँदीका गरगहना यही पसलमा बिक्री हुने गरेको पाइएको डीएसपी बस्नेतले बताए ।

दुर्गाविरुद्ध यसअघि ५ मंसिर २०५७ र १ चैत २०६४ मा कास्कीबाट सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको समेत पाइएको छ । ६ असार २०८० मा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट चोरी तथा डाँका कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिएको छ ।

कारागारमा रहेका व्यक्तिको मोटरसाइकल प्रयोग गरेर चोरी तथा डकैती

कटप्पा समूहले चोरीका लागि प्रयोग गर्ने गरेको मोटरसाइकल पनि चोरीकै रहेको खुलेको छ । कटप्पा समूहका नाइके सुवासका दाजु नाता पर्ने एक व्यक्ति अहिले पनि हातहतियार तथा खरखजनाको कसुरमा कारागारमै रहेको प्रहरीले बताएको छ । तिनै व्यक्तिले प्रयोग गर्ने गरेको मोटरसाइकल चोरीका लागि प्रयोग हुने गरेको खुलेको छ ।

प्रहरीले यो समूहबाट ग२२प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल बरामद गरेको थियो । तर यो मोटरसाइकल चोरीकै रहेको खुलेको छ । चोरीमा प्रयोग भएको ग२१प ६७५३ नम्बरको अर्को स्कुटर पनि बरामद भएको छ ।

यो समूहले पोखरामा ९ र तनहुँमा ३ गरी १२ वटा घरमा चोरी तथा डकैती गरेको खुलेको प्रहरीले बताएको छ । सबै प्रतिवादीविरुद्ध चोरी तथा डाँकाको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


प्रकाशित : २०८२ जेष्ठ २, शुक्रबार १३:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech