हरि आचार्य, कपिलवस्तु
लियो क्लव अफ कपिलवस्तुको ८ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरि प्रसाद गैरेको नेतृत्वमा बर्ष २०२५÷२६ का लागि नया नेतृत्व चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा आयुस अर्याल, द्वितीय उपाध्यक्ष विनोद बाबु गैरे, तृत्तिय उपाध्यक्षमा अमृत गिरी, सचिवमा प्रदिप पौडेल, कोषाध्यक्ष संजय पान्डे, सह–सचिव अमृता खनाल, सह–कोषाध्यक्षमा उज्जवल थापा, जनसम्पर्क अधिकारी र अन्य सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएसंगै गैरेले अध्यक्षमा निर्वाचित गर्न सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै संस्थालाई आगामी दिनमा शसक्त र मजबुत बनाएर सामाजिक कार्यमा होमिने बताउनुभयो ।
कार्यक्रम लियो प्रविण गौतमको अध्यक्षता, लायन्स क्लव ३२५ पि का ईलेक्ट जोन चियर पर्शन लायन ओमप्रकाश घिमिरेको प्रमुख आतिथ्यता, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नवतदत्त घिमिरे, लायन्स वर्ष २०२५/२६ का निर्वाचित अध्यक्ष नारायण घिमिरे, लियो को–ओर्डिनेटर विकास न्यौपाने, निर्वाचित लियो को–ओर्डिनेटर मोहन अर्याल, पुर्व लियो को – ओर्डिनेटर सन्दिप भट्टराई, लियो क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्षहरु पान्डव भन्डारी, सागर बन्जाडे, कपिलदेव भट्टराई, पशुपति गिरी लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।




















