वैशाख –जेठ मास,तराईको उखरमाउलो गर्मी मोही पिउन धरैलाई मन लाग्छ । यस्तै मन हुनेहरुको लागि ल्याइएको हो ‘अक्षयागुना मोही’।
अक्षयागुना ब्रान्डको मोही कपिलबस्तुको साना कृषि सहकारी जग्दिशपुरद्धारा संचालित डेरीले बनाईरहेको छ।
विगत लामो समयदेखि किसानको हितमा काम गर्दै आएको साना किसान सहकारीले ग्रामिण क्षेत्रमा रहेर कपिलबस्तु नगरपालिका ९ बाट उघोग संचालनमा ल्याएको हो ।
साना किसान मार्फत संचालित डेरीले बजारमा मोही पुयाउन थालेको भने गत जेष्ठ १ गतेदेखि हो । दैनिक ५ सय लिटर मोहीबाट सुरु गरेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक बसन्त मुराउले बताए। हामी परीक्षणका लागि मोही उत्पादन गर्न थालेका थियौं। पु/याउनासाथ माग बढ्यो । अहिलेको चर्को गर्मीमा माग झन् बढ्दै छ । बेला वखतमा देशमा केहि निजि क्षेत्रका उघोगहरुले दुग्ध बाटोमा फाल्नुपर्ने बनाउछन्। त्यसको मारमा हामीपनि पर्यौ तर अहिले यस भेगमा किसानको दुध नबिक्ने अवस्थाको अत्य गरेका छौं । किसानहरु खुसी छन् उनले भनेः उनका अनुुसार मोही जिल्लाको सदरमुकाम तौलिहवा बजार ४ नं र जिल्लाकै बजारहरुमा खपत भैरहेको छ। पहाडी गाउँहरुमा गाईभैंसी पाल्ने किसानले घरमा आउने पाहुनाको स्वागतमा अघि सार्ने पहिलो पेय नै मोही थियो। पशुपालन घट्दै जाँदा अहिले पहाडमा समेत यस्तो चलन हराउँदै छ। गाउँघरमा पनि मोहीको ठाउँ विभिन्न ब्राण्डका औधोगिक पेय पदार्थले लिने गरेको छ। यो सँगै ठेकीमा दही मथेर मोही बनाउने गाउँघरको संस्कृति पनि हराउँदै गएको उनी बताउँछन् ।
खाघ गुणस्तर चिन्हको समेत मान्यता पाएको अक्षयगुना मोही बोतलमा प्याक गरिएको मोही सात दिनसम्म उपभोग गर्न सकिने उनले बताए । उघोगले स्टिकरमा पाँच दिनको म्याद राखेको छ । हाल एक लिटर मोहीको उपभोक्ता मूल्य ५० रुपैया तोकिएको छ । साना किसानद्धारा संचालित डेरीले हाल मोही बाहेक,दुग्धबाट उत्पादित कुल्फी आईसक्रिम,बटर,नौनी,घिउ,पनिर,दही र दूध बेच्दै आएको छ । यसका उत्पादन कपिलबस्तुका साथै बुटवल लगायत सहरमा पुग्छ। चिकित्सकहरुका अनुसार दूध,दही र मोही स्वास्थ्यका लागि लाभदायक हुन्छ । मोहीले निद्रा नलाग्ने समस्या कम गर्छ, आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम घताउँछ । झाडापख्राला,कब्जियत,पायल्स,कोस्टोरल,उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा पनि मोही उपयोगी हुन्छ। मोहीको व्यावसायिक उत्पादन सफल भए किसानले उत्पादन गरेको दूध बिक्रीमा समस्या नहुने उनको विश्वास छ ।





















