लुदस
बुटवल गोरुसिंगे सडक आयोजना को गौरवको आयोजना का नाममा विचौलियाको विगविगी बढेको छ । बुटवल गोरुसिंगे सडक आयोजनाबाट विभिन्न नदिजन्य पदार्थ र माटो जिम्मा लिएका ठेकेदारहरुको नदिनालामा विगविगी बढेको हो । जस अर्न्तगत रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ भड्छाबाट अवैध रूपमा नदिजन्य पदार्थ (गिट्टी, बालुवा आदि) ओसारपसार गर्दै गरेका ६ सवारीसाधन नियन्त्रणमा लिइएका छन्।
ईलाका प्रहरी कार्यालय सालझण्डी र सैनामैना नगरपालिकाको संयुक्त टोलीले २०८२ जेठ ११ गतेको अपरेसनमा ती सवारीसाधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका साधनहरू आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सवारी साधनहरुमा बा ३ क ४१३ नम्बरको स्काभेटर बा २ क ७९९७ नम्बरको स्काभेटर. ना १ क ४५७४ नम्बरको स्काभेटर ना ८ ख ६३१० नम्बरको ट्रिपर बा.प्र. ०६–००१ क ०३२० नम्बरको ट्रिपर. बा.प्र. ०६–००१ क ०३०७ नम्बरको ट्रिपर
जसमध्ये ना ८ ख ६३१० नम्बरको ट्रिपरलाई भने सोही दिन रु ३५,००० (पैंतीस हजार रुपैयाँ) जरिवाना तिराएर छोडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार, जिल्लामा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न स्थानीय तह र सुरक्षाकर्मीबीच सहकार्यमा निगरानी तथा कारबाहीलाई तीव्र बनाइएको छ।


















