ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन अगुवाई

लुम्बिनी दर्पण २०८२ जेष्ठ १३, मंगलवार १६:५३
[sharethis-inline-buttons]

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ।
भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो।
जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको छ।
स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, वाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने र छिटै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।
उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमति समेत भएको छ।
बुटवल देशका सबैजसो स्थानबाट र भारत तथा चीनबाट समेत आउन जानका लागि सहज शहर हो, यहाँबाट देशका सबैजसो स्थानमा जाने गाडीहरु चल्छन् र भैरहवा विमानस्थलबाट समेत हवाइ सेवा उपलब्ध छ, प्रमुख पाण्डेयले भने९यसको लाभ उठाउने गरी बुटवललाई केन्द्र मानेर भारतबाट आउने हिन्दु पर्यटकलाई मुक्तिनाथ र कोरला नाकासम्म लैजाने तथा चीनबाट कोरला नाका हुँदै लुम्बिनी आउने बौद्ध धर्मका पर्यटकलाई सहजीकरण गर्ने उदेश्य हाम्रो हो।
उनले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा टुर प्याकेजहरु तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए।
बुटवल र आसपासका पर्यटकीय स्थलहरु घुम्ने र बुटवलमा रात बिताउने गरी यस्तो प्याकेज तयार गरी भारत र चीनका पर्यटकलाई बुटवलमा भ्रमणको निम्तो दिइनेछ, उनले भने९यसले गर्दा बुटवलको मात्रै नभइ लुम्बिनीदेखि कालीगण्डकी करिडोर क्षेत्रमा पर्ने स्थानीय तहहरुको समेत पर्यटन प्रवर्द्धनमा योगदान पुग्नेछ।यसैक्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमति भएको छ। कालीगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन्।
उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई निरन्तरता दिन भगिनी सम्बन्ध कायम गर्ने समझदारी समेत भएको हो। भगिनी सम्बन्धलाई औपचारिकता प्रदान गर्न निकट भविश्यमै आपसी सल्लाहमा कार्यक्रम तय गर्ने निर्णयमा उल्लेख छ।
त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानिय सरकारको भेला आयोजना गरि धार्मिक पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानिय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताए।‘बुटवलबाट कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय विकास गर्ने कुरामा दुवै पालिकाकाबीचमा समझ्दारी भएको छ।’ उनले भने ‘अरु पालिकालाई पनि समेटेर बुटवलदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थानलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय भएको छ।’घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवद्र्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताए।कालिगण्डकी आसपासका तीर्थस्थलहरुको कसरी प्रवद्र्धन गर्ने गरेर भारतदेखी मुक्तिनाथसम्मलाई पर्यटनले जोड्दा देशको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्छ९उनले भने९ठूलो संख्यामा पर्यटक आए भने यहाँको व्यापार व्यवसाय चलयाममान हुन्छ। त्यसको लागि हामी भगिनी सम्बन्ध पनि कायम गर्दैछौं। यसलाई ऐतिहासिक रुपमा सफल बनाउँछौं।’
त्यस्तै मुस्ताङमा उत्पादित स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवद्र्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमति समेत भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।
यस्तै गरी, वाग्लुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालीगण्डकी, गुल्मीको कालीगण्डकी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिहरुले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने बताएका थिए।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बुटवल र जैमिनीका बीचमा सहकार्य गरी पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा समेत सँगै अगाडि बढ्ने बताए। कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद मगर, उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालालगायतले बुटवलले अगुवाई गरी पर्यटन प्रवर्द्धन र व्यापार व्यवसायमा आदानप्रदान गर्ने उदेश्यमा सँगै अगाडि बढ्ने बताएका थिए।


प्रकाशित : २०८२ जेष्ठ १३, मंगलवार १६:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech