
चितवनको नारायणी नदीमा फसेका २२ जना मजदुरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने काममा खटिएका उनीहरु बाँध फुट्दा बिहीबार बेलुका नदीको बीच भागको टापुमा फसेका थिए।
भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणीमा फसेका २२ जनाको गोताखोरको सहायतामा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको हो।
मानिसको उद्धार गरिए पनि एउटा टिपर भने नारायणीमा डुबेको छ।