
वरिष्ठ साहित्यकार/पत्रकार, विजय चालिसेको निधन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ निवासी चालिसेको शुक्रबार बिहान ९ः४५ मा निधन भएको स्थानीय निर्मल अर्यालले जानकारी दिए । साहित्यकार रमेश विकलका ज्येष्ठ सुपुत्र विजयका पत्रकारिता र साहित्यका गरेर ४ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । चालिसेकोआजै गोकर्णेश्वस्थित घाटमा अन्तिमसस्कार गरिने अर्यालले जानकारी दिए ।