ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नवलपरासीमा सात सय बढी भूमिहीनका लागि आवास निर्माण हुने

लुम्बिनी दर्पण २०८२ जेष्ठ १७, शनिबार ११:२८
[sharethis-inline-buttons]

पश्चिम नवलपरासीमा ७ सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास निर्माण हुने भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरद्वारा सञ्चालित ’भूमिहीन नागरिकका लागि आवास निर्माण’ कार्यक्रमअन्तर्गत प्रत्येक घरपरिवारलाई एक कठ्ठा जग्गासहित तयारी अवस्थाको घर निर्माण गरी हस्तान्तरण गरिनेछ ।

थारु मिलन केन्द्र नेपालका पूर्व अध्यक्ष तथा उपदान कलेक्सन सेन्टरका सदस्य राधेश्याम चौधरीका अनुसार विशेषगरी जिल्लामा ३० वर्षदेखि भूमिहीन अवस्थामा रहेका घरपरिवारलाई जग्गासहित घर उपलब्ध गराइनेछ । प्रति घर करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण हुने छ ।
कार्यक्रमअनुसार पश्चिम नवलपरासीका नगरपालिकातर्फ बर्दघाट, रामग्राम, सुनवल तथा गाउँपालिकाहरू सुस्ता, पाल्हीनन्दन, प्रतापपुर र सरावलमा यो कार्यक्रममार्फत ७ सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ ।

थारु मिलन केन्द्र नेपालले उपदान कलेक्सन सेन्टरमार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ ।
घर निर्माणका लागि जिल्लाका सातवटै पालिकामा आवेदन माग गर्ने प्रक्रिया अघि बढाइएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिईन ।

सातवटै पालिकामा जग्गा खरिद गरी व्यवस्थित बस्तीको रूपमा भूमिहीन परिवारलाई एकै स्थानमा आवास निर्माण गर्ने गरी योजना अघि बढाइएको छ । थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीका सातवटै पालिकामा भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि आवश्यक काम अघि बढाइएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य आशा चौधरीले जानकारी दिए ।
उक्त कार्य अघि बढाउन थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीमा भूमिहीन नागरिकका लागि आवास निर्माणसम्बन्धी छलफल कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बर्दघाट १२ जहवामा थारु मिलन केन्द्र नेपालका अध्यक्ष देवनन्द सिंह फैजदारको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बर्दघाट वडा नं। १२ का वडा अध्यक्ष उमा शंकर चौधरी, दिप कुमार चौधरी, गिरीश चौधरी, सुरज केसी, मुरली कृष्ण लगायतले भूमिहीनहरूलाई घरजग्गा दिने काम प्रभावकारी हुने बताए
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरद्वारा यसअगावै कैलाली र बर्दियामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।


प्रकाशित : २०८२ जेष्ठ १७, शनिबार ११:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech