
लुदस, जीतपुर
कपिलवस्तु नगरपालिकाले चालु आ.ब.को लागि नगरपालिका अर्न्तरगतको सगरहवा देखि तिलौरीघाट सम्मको ठेक्कामा बेथिति मच्याउने ठेकेदार उपर कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नगरलाई पत्राचार गरेका छन् ।
मिति २०८२/०२/१८ गते अर्थात गत आईतवार लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक प्रकाशित सगरहवा नाकामा नक्कली रसिदको विगविगी शिर्षकमा विल प्रमाण सहित समाचार प्रकाशित भएपछी त्यसलाई अनुशन्धान गरि कानुनी दायरामा ल्याउन सोमवार पत्राचार गरेका हुन् ।
प्र.जि.अ तामाङको पत्राचार पछी
नगरले ठेकेदारलाई लिखित जवाफ माग गरेको छ ।
यता अनुगमनका लागि नगरकी उपमेयर सुनिता गुप्ता (साव) ले अनुगमनका लागि नगरका कर्मचारीहरुले असहयोग गरेको बताएकी छन् ।