ताजा अपडेट

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सगरहवा नाका लुट ः बनक्षेत्रमा अन्धधुन्द तस्करी,जनप्रतिनिधिकै अघोषित लगानीले ठेकेदारलाई छुट

लुम्बिनी दर्पण २०८२ जेष्ठ २४, शनिबार १५:२८
[sharethis-inline-buttons]

लुदस, जीतपुर
जनप्रतिनिधि र कर्मचारीकै संरक्षणमा सगरहवा नाकामा ठेकेदारको बम्र्रलुट लाई छुट दिएको आरोप लागिरहेकै बेला कतिपय तथ्यले यसलाई पुष्टि गरेको छ ।

गत आइतबार लुम्बिनी दर्पण साप्ताहिकले ठेलीका ठेली नक्कली रसिद सहित प्रथम पृष्ठमा सामाचार प्रकाशित ग¥यो । बलियो आधार र तथ्य सहितको समाचार प्रकाशित पछि सोमबार नै जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरीलाई बोद्धार्थसहित ठेकेदारलाई आवश्यक कारबाही गर्न पत्रचार ग¥यो । तर त्यसलाई नगरले औपचारिकता दिन मात्र ठेकेदारलाई २४ घण्टे अल्टिमेटमसहित जवाफ दिन पत्र काटेको पाइएको छ ।

ठेलीका ठेली नक्कली रसिद सहित समाचार प्रकाशित भएपनि कारबाही गर्नुको साटो लुटको धन्दामा छुट दिने ठेकेदार, संरक्षण गर्ने नगरका कर्मचारी र जनप्रतिनिधिहरुको प्रवृत्तिले नगर बदनामी हुँदै गएको छ ।
सेटिङको शक्ति कतिसम्म हुन्छ भन्ने दृष्टान्त कपिलवस्तु स्थिति बाणगङ्गा खोलाको सगरहवा नाकाले पुष्टि गरेको छ । यस नाकामा नदीजन्य पदार्थ निकासीको ठेक्काका मापदण्ड बिपरितको उत्खननदेखि नक्कली बील छपाईसम्मका दर्जनौं अनियमितता देखिए पनि नियामयक निकाय मौन बसेको छ, सगरहवाका एक गाउँलले भने ।

प्रमाणसहित समाचार प्रकाशन हुँदासम्म नाकामा लुट मच्चाइरहेको समय माता निर्माण सेवा माथि कारबाही हुन सकेको छैन ।
त्यतिमात्र होइन, अहिले पनि समय माता निर्माण सेवाले (आईइइ) नै नगरेको स्थानबाट रसिद नै नकाटी सोझै नजिकका सप्लायर्सलाई विक्रि गरिरहेको छ । यो अवस्था आउनुमा कर्मचारी र जनप्रतिनिकै संरक्षण रहेको स्वं नगरकी उपमेयर सुनिता गुप्ताकै आरोप छ ।

उनी भन्छिन् पटकपटक अनुगमनका निम्ति कर्मचारी र हाकिमलाई भने तर उहाँहरुले बेवास्ता गर्नुभयो । नाकामा ठेकेदारले नगरले तोकेको भन्दा ५ गुणा नदीजन्य पदार्थ निकालिसकेको छ । नगरको नापजाँच का विषयमा नाकाको परिणाम नाप्ने नगरका इन्जिनियर सत्यम वर्मासँंग विहीबार परिणामबारे सोध्दा हालसम्म परिणाम एकीन नगरेको जवाफ दिएका थिए ।

उनले आफू विरामी रहेको र अनुगमनमा जान समेत नसकेको भन्दै तर्किने प्रयास गरेका थिए । जबकी विरामी छु भन्ने उनी नगरमा काम गरिरहेका थिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेललाई कारबाहीका विषयमा सोध्न खोज्दा फोन नै उठाएनन् ।

सोही नगरका एक वडाध्यक्षले नाम नबताउने शर्तमा भने, नगरपालिका, प्रहरी, प्रशासन जताततै सेटिङ्ग छ तपाईहरु नक्कली रसिदसहित समाचार लेख्दा समेत ठेकेदारलाई कार्वाही नगर्नुु के हो ? हामी के गर्न सक्छौ र ? मेयरको शेयर छ, फाँटमा कर्मचारी उनैका छन् । के गर्ने यस्तो कहिल्यै भएको थिएन् । हामी पनि आजित भयौँ ।

यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पठाएको पत्रको समेत सामान्य औपचारिकता देखाउन ठेकेदारलाई पत्राचार गरेर जवाफ विहिन बनेर उम्कन खोजेको नगरलाई प्रशासनले समेत कडाई गर्न सकेको छैन् ।
संरक्षित वन क्षेत्रमै पुगेर खोला उत्खनन्
नियमनकारी निकायकै संरक्षण पाएको समय माता निर्माण सेवाले बम्र्रलुट मच्याउँदा समेत छुट पाएपछि यतिबेला ठेकेदारको मनोमानी नै बढेको छ । ठेकेदारले सगरहवा नाकामा खोलैभरी नदीजन्य पदार्थ निकाल्दै हाल ठेक्का नै नलागेको जर्लैया घाट र कुटी नजिक बन र बस्ती क्षेत्रको संरक्षित भूभागबाटै नदीजन्य पदार्थ निकासी गरिरहेको छ । विहीबार प्रहरी सहित संचारकर्मीको टोली फ्लोअपका लागि जाँदा संरक्षित क्षेत्रमा उत्खनन् गरिरहेका ट्याक्टरको भागाभाग भएका थिए ।
सूचना पाटी झोलामा, ट्क्याक्टर संरक्षित क्षेत्रको खोलामा
गत चैत्र २ गतेदेखि नदिजन्य उत्खनन् गर्दै आएको समयमाता निर्माण सेवा महिनादेखि घन परिणामको ५ गुणा उत्खनन् गरेपनि नियमनकारी निकायलाई प्रलोभनमा पारेर उत्खनन् गरिरहेको छ । उसले अवैध उत्खनन् गर्न झोलामा सूचना पाटी राखेर ट्याक्टरहरु बनक्षेत्र र संरक्षित क्षेत्रको खोलामा पठाएको हो । सार्वजनिक ठाउँमा राख्नुपर्ने सूचना पाटी झोलामा भेटिएको हो ।


प्रकाशित : २०८२ जेष्ठ २४, शनिबार १५:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech