ताजा अपडेट

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

लुम्बिनी दर्पण २०८२ जेष्ठ ३०, बिहीबार १३:३५
[sharethis-inline-buttons]

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहाकार डा. युवराज खतिवडाले अमेरिकासँग व्यापार बढाउन युएसको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपालमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनले आज काठमाडौँमा गरेको ‘नेपाल–अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा पूर्व अर्थमन्त्री समेत रहेका उनले उक्त धारणा राखेका हुन् । वामपन्थी पार्टीसँग निकट भएता पनि पश्चिमाहरुले रुचाएको अर्थशास्त्रीका रुपमा चिनिएका डा. खतिवडाले अमेरिकासँगको व्यापार बढाउन नेपालले लगानी भिर्त्र्याउन सक्नुपर्ने बताए ।

‘युएससँगको ट्रेड प्रोमोशन गर्ने र ट्रेड मार्केट खोज्ने हो भने युएसको एफडिआइ प्रोमोट गर्नैपर्छ । एफडिआइ प्रोमोट गर्दा भ्यालु चेन्जको इफेक्टबाट निर्यात बढ्ने भो । एफडिआइसँगै टेक्नोलोजि समेत आउने भो । ट्रेड कम्पिटिनेश पनि हाम्रो बढ्ने भो’, उनले प्रष्ट्याउँदै भने, ‘युएससँग बाइल्याक्टल इन्भेष्टमेन्ट (बिआइटि) मा हामी गयौं भने त्यो ट्रेड रिलेशनबाट पाउने एडभान्टेज हामी लिनसक्छौं । त्यो भोली लगानी बढाउँदै जाँदा डिटिए गर्नुपर्छ भने पनि त्यो पनि हामी अघि बढाउन सक्नुपर्छ ।’

अमेरिकी लगानीमा जोड दिदाँ राष्ट्रिय उत्पादनहरूको मूल्य श्रृंखलालाई बलियो बनाउने र त्यसले निर्यातमा नयाँ उचाई दिने उनको दाबी छ । साथै, लगानीसँगै आधुनिक प्रविधि पनि आउँने भएकाले नेपाली उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सकिने तर्क खतिवडाले गरेका छन् ।

अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता गरेर व्यापार सम्बन्ध अघि बढाउनसके त्यसबाट नेपालले धेरै लाभ लिनसक्ने उनी बताउँछन् । भविष्यमा लगानी बढ्दै जाँदा कर सम्झौता (डिटिए) को आवश्यकता पर्दा त्यसलाई समेत अघि बढाउन सक्नुपर्ने खतिवडाको भनाई छ ।

नेपाल अल्पविकसित देशबाट विकासशील देशमा उक्लिन लागेकाले अमेरिका र अन्य ठूला व्यापारिक साझेदारहरुलाई हाम्रो अवस्था र यहाँबाट निर्यात हुने वस्तुहरूका लागि अनुकुल व्यवहारको आवश्यकताबारे विश्वस्त पार्नुपर्नेमा खतिवडाले जोड दिएका छन् । उनका अनुसार अमेरिकासहित विश्वका विभिन्न मुलुकमा व्यापार गर्न मुलुकलाई एफएटिएफले कालोसूचिमा राखेकाले चुनौति थपेको छ । एफएटीएफले दिएका सुझावलाई प्रभावकारी रुपमा लागू गरेर छिटोभन्दा छिटो ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने भनाइ पनि उनले राखे ।


प्रकाशित : २०८२ जेष्ठ ३०, बिहीबार १३:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ प्रावधान: उद्देश्य र विवाद

भर्खरै

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

  • बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

  • डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

  • आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

  • त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

  • भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech