
बुधबार छल्दिखोलामा ईस्मा गाउँपालिका(५ को अमरपुर र धुर्कोट गाउँपालिका(५ को वस्तु जोड्ने नवनिर्मित झोलुङ्गे पुल तर्दै घाँसको भारी बोक्दै आएका दुई महिलाहरूले अहिले सम्म नदेखेको विचित्र लामो पुल भएको बताए। ‘लामो पनि विचित्रको छ। तल खोला कहाँ हो कहाँ१ कति डरलाग्दो अग्लो छ। सुरु(सुरुमा पुल तर्न डर लाग्थ्यो, अहिले त बानी पर्यो, काम नपर्दा पनि वारिपारि गरिरहन रहर लाग्छ।’, उनीहरु भन्दै थिए।
उनिहरुले पुल नबन्नु अघि सम्म पारी वस्तुतिरको खेतबारीबाट आउँदा झण्डै एक घण्टा समय लाग्ने र अहिले पाँच मिनेट मै वारपार गर्न सकिने सुनाए। पारी अर्थात धुर्कोट गाउँपालिका(५ को वस्तु गाउँ। वारी उक्त पुल निर्माण भए पछि दाउरा घाँस गर्न जातेआते गर्ने महिलाहरुलाई मात्रै होईन, विशेष गरि पारी इस्माबाट पारी वस्तुको हिमालय माविमा पढ्न आउने आउने विद्यार्थीहरुलाई झण्डै डेढ घन्टाको बाटो आधा छोट्टिएको छ।
त्यस्तै वस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफाको यात्राका लागि निकै सहज बनेको छ। तम्घास सिमलटारी मदन भण्डारी राजमार्ग सङ्ग जोडिएको उक्त पुलको निर्माण भए पछि विचित्र गुफामा आन्तरिक पर्यटक बढ्ने, कृषक र विद्यार्थीहरु आवातजावतमा निकै सुविधा भएको भन्दै उक्त पुलको योजना पार्ने गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण विष्ट प्रति वडाध्यक्ष केशवराज भण्डारीले आभार प्रकट गरे।
नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका विष्ट मन्त्री हुँदा त्यो सहित आफ्नो निर्वाचन क्षेत्रमा २७ वडा एक देखि अर्को डाडा जोड्ने निकै लामा झोलुङ्गे पुलका योजनाहरु पारेका थिए।
इस्मा(धुर्कोट जोड्ने उक्त पुल ३७० मिटर लामो रहेको छ। यो पुलको नेता विष्टले बुधबार एक समारोहका बीच उद्घाटन गरेका छ्न। पुलको उद्घाटन गर्दै विष्टले पहाडमा गाउँ(गाउँ पनि भुगोलका कारण टाढा हुने भएकाले झोलुङ्गे पुलमो महत्व अझै बढेको बताए।
क्षेत्र नं २ मा २०७४ सालमा २७ झोलुङ्गे पुलका योजना समावेश गरेकाले अधिकांश निर्माण सम्पन्न भएको भन्दै विष्टले सन्तोष व्यक्त गरे।