ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एटीसीलाई पाइलटको अन्तिम सन्देश : मैले थ्रस्ट पाइरहेको छैन, हामी बाँच्दैनौँ होला !

लुम्बिनी दर्पण २०८२ जेष्ठ ३१, शनिबार १३:४५
[sharethis-inline-buttons]

अहमदाबाद विमान दुर्घटनामा विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पठाएको अन्तिम सन्देशको खुलासा भएको छ। ४–५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए, ‘मेडे, मेडे, मेडे…मैले थ्रस्ट पाइरहेको छैन। पावर घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्दैनौँ होला ।’

भारतको नागरिक उड्डयन मन्त्रीले शुक्रबार अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनास्थलमा ब्ल्याक बक्स फेला परेको बताएका छन्। भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले २८ घण्टाभित्र उडान डेटा रेकर्डर बरामद गरेको राम मोहन नायडू किन्जारापुले पुष्टि गरे।

‘ब्ल्याक बक्सको पुनः प्राप्ति अनुसन्धानमा एक महत्त्वपूर्ण कदम हो र यसले विपत्तिको अनुसन्धानलाई उल्लेखनीय रूपमा मद्दत गर्नेछ,’ किन्जारापुले भने।
२७५ जनाको मृत्यु
दैनिक भास्करका अनुसार हालसम्म दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको छ । सिभिल अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। यसबाहेक २४१ जनाको डीएनए नमुना लिइएको छ भने ७ वटा शवको पहिचान भइसकेको छ।

मृत्यु हुनेमा विमानमा सवार २४१ जना रहेका छन् । विमानमा २४२ जना रहेकोमा एक जना यात्रु मात्र बाँचेका छन् । त्यस्तै बीजे मेडिकल कलेज होस्टेलमा ३१ जनाको मृत्यु भएको छ । यसमा ५ जना डाक्टर, अन्य कर्मचारी र उपस्थित अन्य रहेका छन् ।

विमान दुर्घटनाग्रस्त भएको बीजे मेडिकल कलेजको होस्टेल भवनमा ६० भन्दा बढी डाक्टर, विद्यार्थी, कर्मचारी र केही अन्य व्यक्तिहरू उपस्थित थिए। लण्डनबाट अहमदाबाद आउँदै गरेको विमान शनिबार दिउँसो ४ बजे अवतरण हुनेछ। मृतकका परिवारका सदस्य र आफन्तहरू त्यसमा आउँदैछन्। त्यसपछि उनीहरूको डीएनए नमुना लिन बाँकी छ।

यता, इन्डियन मेडिकल एसोसिएसन (आईएमए) को गुजरात शाखाले टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनलाई पत्र लेखेको छ। आईएमएले ज्यान गुमाएका यात्रुका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने र बीजेएमसी कलेज होस्टेलको मर्मतसम्भारमा सहयोग गर्ने घोषणाप्रति आभारी रहेको बताएको छ।

होस्टेलमा भएको विमान दुर्घटनामा मृत्यु भएका वा घाइते भएका विद्यार्थीहरूका लागि आर्थिक सहयोगको पनि अपेक्षा गरिएको छ।


प्रकाशित : २०८२ जेष्ठ ३१, शनिबार १३:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 
  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित तीन जना सिफारिस

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech