
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले आज पनि सदनमा नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै रास्वपा सांसदहरूले नाराबाजी गरेका हुन् ।
रास्वपा सांसदहरूले संसद् बैठकमा निलो रिबन भिरेर नाराबाजी गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् ।
उनीहरूले गत जेठ १३ देखि संसद् विरोध गर्दै आएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो रिबन लगाएर नाराबाजी गरेका थिए । नाराबाजी पछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
रास्वपा सांसदहरुले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको बताएका छन् ।