ताजा अपडेट

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

लुम्बिनी दर्पण २०८२ असार ४, बुधबार ११:२३
[sharethis-inline-buttons]

स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार भएका छन्।

वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए।

आले रास्वपाको केन्द्रीय सदस्य हुन्। नेपाल पनि स्थानीय चल्तापुर्जा नेता हुन्।

उनीहरूले स्याङ्जाको आँधिखोलामा गैरकानुनी उत्खनन् गरेको भन्दै त्यसलाई रोक्नका लागि अभियान सञ्चालन गरेका थिए। मंगलबार नै संघर्ष समिति पनि गठन गरेको थियो।

समितिको कार्यक्रमबाट फर्किँदै गर्दा उनीहरूमाथि वालिङ-९ सुर्कौंदीमा वडाध्यक्ष खनालले रड प्रहार गरेका थिए।

रास्वपा नेता नेपालले वडाध्यक्षले आफूहरूलाई यसअघि पनि धम्की दिँदै आएको र मंगलबार बाटो छेकेरै आक्रमण गरेको बताएका छन्।

‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ उनले भनेका छन्, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट लगाएको भएर जोगिएँ।’

घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी समेत दिइसकेका छन्।

जाहेरी दर्ता भएको र वडाध्यक्ष खनालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले जानकारी दिए।

‘उहाँ (वडाध्यक्ष खनाल) सम्पर्कमा हुनुहुन्न। खोजीका लागि हिजैदेखि स्थानीय प्रहरी परिचालन भएका थिए। जिल्लाबाट पनि प्रहरी खटाइएको छ,’ डिएसपी चौधरीले भने।

डिएसपी चौधरीले वडाध्यक्षमाथि अनुसन्धान र कारबाही हुने बताए।

‘उहाँलाई कारबाही हुन्छ। प्रहरी त्यसमै लागि परेको छ,’ उनले भने।

वडा प्रहरी कार्यालयकाअनुसार मंगलबार नै प्रहरी नयाँ बजारस्थित वडाध्यक्ष खनालको घर पुगेको थियो। त्यहाँ उनी नभेटिएपछि आफन्तसँग सम्पर्क गरेको थियो।

प्रहरीले उनको व्यक्तिगत सम्पर्क नम्बर अफ रहेको जनाएको छ। तर अफिसियल नम्बरमा भने बुधबार बिहानसम्म फोन लागिरहेको थियो।

घटनाबारे छलफल गर्न बुधबार बिहान नगरपालिकामा छलफल भइरहेको नगरपालिकाका प्रवक्ता पदमराज गुरूङले जानकारी दिए।

‘आँधीखोला बचाउ समितिका मानिसहरूमाडि रड प्रहार भएको भन्ने सुनेपछि हामी छलफलमा जुटेका हौं। घटना के कसरी भयो भनेर हामी चासो राखिराखेका छौं। अहिले नगरमा यही विषयमा छलफल चलिरहेको छ। घटनाको विस्तृत नबुझी केही भन्ने कुरा आएन,’ उनले भने।

अभियान्ताले तीन बुँदे माग राख्दै उनीहरूले मंगलबार संघर्ष समिति घोषणा गरेका थिए।

आँधीखोलाबाट नदीजन्य पदार्थ प्रयोगका लागि जिल्लाभरिको एकरूप नीति तय गर्न संरक्षणविद, विज्ञ र पालिका प्रतिनिधीहरू सम्मिलित समिति गठन गर्ने र २ महिनाभित्र नीतिगत स्पष्टता ल्याउनुपर्ने उनीहरूको माग थियो।

त्यस्तै उत्खननको सम्पूर्ण दस्तावेज, प्रक्रिया र नीतिगत निर्णय सार्वजनिक गरी स्थानीयसँग यही स्थानमा परामर्श गरी समाधान निकाल्ने पनि उनीहरूले माग राखेका थिए।

वालिङ क्षेत्रभित्र गरिएको उत्खननबाट सिर्जना भएको जोखिम र आउन सक्ने विपदबाट जोगाउन प्रभावित कृषियोग्य जग्गा जमीनको संरक्षणका लागि तत्काल तटबन्धको व्यवस्था गर्न पनि माग राखेका थिए।


प्रकाशित : २०८२ असार ४, बुधबार ११:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech