ताजा अपडेट

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

लुम्बिनी दर्पण २०८२ असार ५, बिहीबार ११:५४
[sharethis-inline-buttons]

इजरायल–इरान द्वन्द्वमा अमेरिका सामेल हुने तयारीमा देखिन्छ । र, इरानका प्रमुख परमाणु संरचना, पहाडको गहिराइभित्र लुकेको फोर्डो युरेनियम केन्द्रमा आक्रमण गर्ने योजना छ ।

इरान र उसको परमाणु कार्यक्रममाथि इजरायलले आक्रमण थालेको धेरै दिन भइसकेको छ । तर, इजरायली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्य पूरा गर्न मद्दत गर्छन् वा गर्दैनन् भन्नेबारे प्रतीक्षामा छन् ।

ट्रम्पले इरानी परमाणु ढाँचामाथि अमेरिकी सैन्य शक्ति प्रयोग गर्ने इच्छा देखाएका छन् । र, संकटको कूटनीतिक समाधानको बाटोबाट टाढिँदै गएको निकटस्थ दुई सरकारी अधिकारीले सीएनएनलाई बताएका छन् ।

“म आक्रमण गर्न सक्छु वा नगर्न पनि सक्छु । कसैलाई थाहा छैन म के गर्छु । तर, मलाई थाहा छ, इरान अहिले धेरै समस्या झेलिरहेको छ र उनीहरू संवाद गर्न चाहन्छन् । यति जनधनको क्षति हुनुअघि किन मसँग संवाद गरेनौ भनेर मैले भनेँ,” ट्रम्पले बुधबार ह्वाइट हाउसमा पत्रकारसित भने ।

इरानविज्ञले चेतावनी दिएका छन् कि अमेरिकाले आक्रमण गरेमा द्वन्द्व इराक वा अफगानिस्तानको युद्धभन्दा जटिल र दीर्घकालीन हुनसक्छ । त्यसले ट्रम्पको कार्यकालभरि असर गर्न सक्छ । र, अमेरिकी जनधनमा गम्भीर क्षति पुर्‍याउन सक्छ ।

“अमेरिकाको कुनै पनि आक्रमणले क्षेत्रका अमेरिकी सैनिक अड्डाहरूमा इरानको पूर्ण प्रतिक्रिया निम्त्याउनेछ र पूर्ण युद्धको अवस्था सिर्जना हुनेछ,” वासिङटन डीसीको क्विन्सी इन्स्टिच्युटका ट्रिटा पार्सीले सीएनएनलाई भने ।

“तेहरानले लामो युद्ध जित्न सक्दैन, तर यो वासिङटनका निम्ति पनि सजिलो हुने छैन,” उनले थपे, “इरान विशाल देश हो, जसको अर्थ अमेरिकाले इरानको जवाफी क्षमतालाई नष्ट गर्न धेरै लक्ष्यमा आक्रमण गर्नुपर्ने हुन्छ ।”

उनले अमेरिकाभित्र इरानविरुद्ध युद्धको व्यापक समर्थन नरहेको पनि उल्लेख गरे ।

युरोपियन काउन्सिल अन फरेन रिलेसन्सकी एली गेरानमायेहले सीएनएनलाई भनिन्, “एकपटक तपाईंले यो प्यान्डोराको बाक्स खोल्नुभयो भने यसले कहाँसम्म असर गर्छ भन्ने थाहा हुँदैन । ट्रम्प विगतमा इरानसँग युद्धको सँघारबाट पछि हट्न सफल भएका थिए । उनी फेरि पनि त्यस्तै गर्न सक्छन् ।”

इरान ‘आत्मसमर्पण गर्ने देश होइन’
इस्लामिक गणतन्त्र इरानले अमेरिका इजरायलको आक्रमणमा प्रत्यक्ष रूपमा संलग्न भएको ठानेको छ । इरानी अधिकारीले इजरायलले अमेरिकी हतियारमार्फत हमला गरिरहेको भनेका छन् । र, तेहरान दीर्घकालीन युद्धको तयारीमा लागेको उल्लेख गरेका छन् ।

बुधबार (जुन १८) सर्वोच्च नेता अयातुल्ला अली खामेनेईले ट्रम्पको ‘बिनासर्त आत्मसमर्पण’को चेतावनीको जवाफ दिँदै इरान पछि नहट्ने बताएका थिए ।

“अमेरिकीहरूले बुझ्नुपर्छ कि इरानी जनता आत्मसमर्पण गर्दैनन् र कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्‍याउनेछ,” खामेनेईले एक सम्बोधनमा भने ।

अमेरिकाको प्रत्यक्ष संलग्नताले इरानलाई इराक, यमन र सिरियामा रहेका आफ्ना प्रतिनिधि समूह सक्रिय पार्न सहज बनाउन सक्छ, जसले पहिले पनि अमेरिकी सम्पत्तिमाथि आक्रमण गरेका थिए ।

विज्ञका अनुसार, इरानले इजरायल वा अमेरिकाविरुद्ध प्रत्यक्ष विजय हासिल गर्न नसक्ने थाहा हुँदाहुँदै पनि दीर्घकालीन युद्धको रणनीति अपनाउन सक्छ । यस्तो रणनीतिले विरोधीको युद्ध गर्ने क्षमता वा इच्छा समाप्त पार्न खोज्छ । उदाहरणका निम्ति सन् १९८० को दशकमा सद्दाम हुसेनको इराकसँग १० वर्षे युद्धलाई लिन सकिन्छ ।

“इरानी रणनीति टकरावलाई लामो बनाउने, सक्दो जवाफी कारबाही गर्ने र ट्रम्पले यमनमा जस्तै युद्ध छोट्ट्याउने अपेक्षाको प्रयोग गर्ने हुनसक्छ,” पार्सीले भने ।

यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि महिनौँ आक्रमणपछि अमेरिका मेमा युद्धविराममा पुगेको थियो । त्यसले इजरायललाई निराश बनाएको थियो ।

संयुक्त राष्ट्रसंघको परमाणु निरस्त्रीकरण अनुसन्धान संस्थाका वरिष्ठ अनुसन्धानकर्ता अब्दोलरासूल डिभ्सल्लारले एक्समा लेखेका छन्, “दीर्घकालीन युद्धमा इरानले आफ्नो आक्रामक क्षमताबाट फाइदा लिन सक्छ र अमेरिका–इजरायलको संयुक्त रक्षा प्रणालीलाई थकाउने रणनीति अपनाउन सक्छ ।”

उनले थपे, “यस युद्धमा अमेरिकाको प्रवेश सबैका निम्ति खतरनाक र महँगो हुनेछ ।”

परमाणु कार्यक्रमको अन्त्य होइन
न्यु जर्सीमा बसोबास गर्ने पूर्वइरानी परमाणु वार्ताकार हुसेन मौसवियानले एक्समा ट्रम्पलाई शान्तिका राष्ट्रपति बन्न आग्रह गर्दै लेखेका छन्, “फोर्डोमाथिको आक्रमण असफल हुनेछ र इरानलाई परमाणु बम निर्माण गर्न बाध्य तुल्याउनेछ ।”

“एउटा गलत निर्णयले तपाईं केवल इरानलाई बम बनाउन प्रेरित गर्नुहुने छैन, तपाईं अमेरिका पनि युद्धतर्फ धकेल्नुहुन्छ, जसको असर अफगानिस्तान वा इराकमाथिको आक्रमणभन्दा गहिरो हुनेछ,” मौसवियानले लेखेका छन् ।

पार्सीले भने, “परमाणु कार्यक्रम नष्ट भए पनि इरानसँग सबै कुरा पुनर्निर्माण गर्ने ज्ञान र स्रोत छ । यसले केवल समयको कुरा बनाउँछ र परमाणु हतियार बनाउने प्रेरणा अझ तीव्र बनाउँछ ।”

फोर्डो इजरायलका निम्ति सबैभन्दा कठिन र प्राथमिक लक्ष्य हो । तर, त्योभित्र के भइरहेको छ भन्ने स्पष्ट छैन । “मुख्य समृद्ध नतान्जमा भइरहेको थियो, फोर्डो अनुसन्धानको केन्द्र हो,” पार्सीले भने ।

फोर्डो पहाडको गहिराइमा रहेको केन्द्र हो । अमेरिकाले यसलाई नष्ट गर्न सक्ने ग्यारेन्टी पनि छैन । मुख्य संरचना जमिनमुनि ८०–९० मिटर गहिराइमा रहेकाले इजरायली बमहरूबाट सुरक्षित छ ।

इजरायली राजदूत येचिएल लेइटरले भने, “केवल अमेरिकी वायुसेनासँग मात्र यस्तो संरचना भत्काउने क्षमता भएको हतियार छ ।”

तर, विश्लेषक भन्छन्, “बंकर बस्टर बमहरू पनि पर्याप्त नहुन सक्छ ।”

विकिरण प्रदूषणको सम्भावना ?
इरान र उसको परमाणु संरचनामाथिको इजरायली आक्रमणले क्षेत्रीय चिन्ता बढाएको छ । विशेष गरी परमाणु संयन्त्रमाथि प्रहार गरिए विकिरण इरानको सीमाभन्दा टाढा फैलन सक्छ ।

इरानको दक्षिण–पूर्वी सहर बुशेहरमा एक मात्र परमाणु संयन्त्र छ, आक्रमणमा त्यसलाई ताकिएको छैन ।

सीएनएनलाई दुई विज्ञले फोर्डोमाथिको बमबारीले परमाणु रिएक्टरविरुद्ध आक्रमणजस्तो जोखिम उत्पन्न गर्ने बताएका छन् ।

न्युक्लियर थ्रेट इनिसिएटिभका स्कट रोएकरले भने, “फोर्डोमा विकिरणको खतरा कम छ, किनकि समृद्ध युरेनियम नयाँ हो र प्रयोगमा आएको छैन ।”

“यसले बुशेहरजस्तो सञ्चालनमा रहेको रिएक्टरमाथिको आक्रमणजस्तो ठूलो विकिरण फैलाउँदैन,” उनले भने, “यो सीमित हुनेछ, किनकि यो जमिनमुनि गाडिएको छ ।”

एफडीडीका बेहनाम बेन टालेब्लुले यसलाई रासायनिक समस्या भन्दै चित्रण गरे । र, सक्रिय रिएक्टरमाथिको आक्रमणभन्दा कम जोखिमपूर्ण रहेको बताए ।


प्रकाशित : २०८२ असार ५, बिहीबार ११:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech